बुटवल २६ साउन
नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष शाहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इन्जिनियर शाहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलामा आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । उहाँको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो ।
विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ जादै गरेको सूचनाका आधारमा शाह पक्राउ परेका हुन् । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका बेला पक्राउ परेका शाहमाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारको केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।
