Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सुरक्षाका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यापार संघको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुरक्षाका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यापार संघको आग्रह

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0
सुरक्षाका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यापार संघको आग्रह
100
SHARES
ShareTweet

बुटवल, २५ साउन । रुपन्देही व्यापार संघले व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरेर मात्र पसल ब्यवसाय सञ्चालन गर्न पसल तथा व्यवसाय सञ्चालकहरुलाई अपिल गरेको छ ।
संघले आइतवार एक विज्ञप्ति जारी गर्दै पछिल्ला समयमा समुदायमा कोरोना संक्रमण देखापरेको भन्ने समाचार सार्वजनिक भएका कारण वजारमा भिडभाड गर्ने काम बन्द गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरेर मात्र ब्यवसाय सञ्चालन गर्न अपिल गरेको हो ।
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन यता वजारमा अस्वाभाविक भिडभाड बढेको र वजारमा सामाजिक दुरी कायम गर्ने तथा सुरक्षाका निर्देशिकाहरु पालन नगरेको भन्ने गुनासा सुनिन आएको हुदा त्यसमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । समुदायस्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन गरिएका स्वाब परिक्षणका क्रममा बुटवल लगायत यस क्षेत्रमा पनि समुदायमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाचार बाहिर आएको उल्लेख गर्दै त्यसतर्फ सचेत रहन आग्रह गरिएको छ ।
लकडाउनका कारण सम्पूर्ण अर्थतन्त्र तहसनहस बनेको अवस्थामा जनजीवनलाई कोरोनास“गै जुध्दै गतिविधि सुचारु गर्ने वातावरण बनाउने जिम्मेवारी हामी सबैको हातमा रहेको भन्दै विज्ञप्तिमा सामाजिक दूरी कायम गर्ने, सचेतना, सतकर्ताका उपायको पूर्णपालना गर्ने गराउने कुरामा कुनै सम्झौता नगर्न व्यवसायीहरुलाई आह्वान गरिएको छ । विज्ञप्तिमा भनिएको छ – ‘कोरोनाले जीवनमा पार्ने क्षति, त्यसले परिवारमा हुने विचल्लीबारे सचेत बनौं । काम नभई घर बाहिर जाने नगरौं । सुरक्षाका मापदण्डहरु पालना गरौं ।’
संघले बढ्दो कोरोना संक्रमणप्रति सजग हुन व्यवसायीहरुमा अपिल गर्दै त्यसमा चुकेको खण्डमा कोरोनाको संक्रमण बढ्ने र व्यवसाय सञ्चालनमा बन्देज लाग्न सक्ने भएको हु“दा गम्भिर बन्न व्यवसायीहरुलाई विज्ञप्ति मार्फत आग्रह गरेको छ । लामो लकडाउनपछि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्नुका साथै ग्राहक÷उपभोक्ताहरुलाई पनि पालना गर्न गराउन संघले भनेको छ ।
यसैगरी बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म तथा तिनाउपुलदेखि अस्पताल लाइनसम्मको मुख्य राजमार्ग विगत लामो समयदेखि भत्किएर सवारी साधन सञ्चालन तथा हिडडुल गर्न कठिनाई भैरहेको लामो समय ह“ुदा पनि सम्बन्धित निकायको पर्याप्त ध्यान नपुगेको भन्दै त्यसको स्थायी समाधान गर्न सम्बन्धित निकायस“ग संघले आग्रह गरेको छ ।

≪ Previous Post

नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण

Next Post ≫

रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने, बेलहिया बाहेकका नाकाबाट हुने आवतजावतमा रोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क