Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0
नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण
90
SHARES
ShareTweet

तिलोत्तमा, २५ साउन । तिलोत्तमा क्षेत्रमा विगत केही दिनदेखि भैरहेको अनियमित विद्युत कटौतीको विरोध गर्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।
गर्मी बढेका बेला प्राधिकरणले दैनिक जसो लाईन कटौती गर्दा र विजुली आइहाले पनि कम भोल्टेज आउने गरेका कारण विद्युतीय उपकरण पंखा, एसी, कुलर चलाउन नपाउँदा सर्वसाधारण समस्यामा परेको भन्दै नेपाल तरुण दल तिलोत्तमा नगर अध्यक्ष खिम क्षेत्रीको नेतृत्वमा गएको टोलीले नेपाल बिधुत प्रधिकरण नयाँमिल शाखा प्रमुख कमर आलम खानलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
कोभिड–१९ का कारण बन्दाबन्दी पुर्णरुपमा नखुलेको र उद्योग, कलकारखाना तथा होटल ब्यवसायहरु संचालन नभएको अवस्थामा पटक पटक विद्युत कटौती हुने र बिजुली आईहाले पनि अत्यन्त न्युन भोल्टेजको समस्या देखिनु लाई तरुण दलले विडम्वनाको रुपमा लिएको छ । गर्मी यामको समयमा भएको विद्युत कटौतीको समस्या बारे तत्काल छानविन गरी समाधान खोज्न तरुण दलले आग्रह गरेको छ ।
हाल भएका ट्रान्सफरमरहरुको के भि ए भोल्टको क्षमता बृद्धि गर्न आवश्यक भए थप के भि ए का ट्रान्सफरमरहरु उपलब्ध गराई विद्युत आपुर्तिमा सहजता र सहयोग गर्न नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय र प्रधिकरणको क्षेत्रीय कार्यालयलाई तरुण दलले आग्रह गरेको छ ।
बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका तारहरुका कारण आगलागी भई ठुलो दुर्घटना हुने तर्फ सचेत गराउंदै सो को उचित ब्यवस्थापन गर्न पनि तरुण दलले विद्युत प्राधिकरणलाई सचेत गराएको छ ।

≪ Previous Post

महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण

Next Post ≫

सुरक्षाका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न व्यापार संघको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क