Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७७ · 0
महिला संघको स्थापना दिवसमा अनाथ आश्रममा खाद्यान्न बितरण
80
SHARES
ShareTweet

बुटवल, २५ साउन । नेपाल महिला संघ रुपन्देहीले संघको ७३ औं स्थापना दिवसको अवसरमा अनाथ बालबालिकाहरुलाइ खाद्यान्न बितरण गरेको छ । महिला संघले शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्न प्रदान गरेको हो ।
नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक, सचिव रामकृष्ण खाँण, जिल्ला सदस्य माया गौतम, मिना भण्डारीलगायतले चामल, दाल, तेल, लगायतका खाद्यान्न सामाग्री आश्रमका संचालक मैनादेवि भण्डारीलाइ हस्तान्तरण गर्नु भयो ।
खाद्यान्न बितरण कार्यक्रममा बोल्दै पार्टी सभापति रज्जाकले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा महिलाहरुको ठुलो योगदान रहेको र त्यसको नेतृत्व नेपाल महिला संघले गर्दै आएको बताउनु भयो । उहांले सामाजिक क्षेत्रमा समेत महिला संघको योगदान अनुकरणिय रहेको बताउनु भयो ।
महिला संघका सभापति गंगा शाहीले राज्यका हरेक निकाय, सामाजिक क्षेत्र र पार्टी भित्रै पनि महिला अधिकार स्थापित गराउन महिला संघले महत्वपुर्ण भूकिमा खेल्दै आएको बताउनु भयो ।
महिला संघका सदस्य रुपा पुनको संचालन र विष्णु पराजुलीको स्वागतमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य माया गौतम, मिना भण्डारी लगायतले बोल्दै स्वर्गीय महिला नेतृहरु मंगलादेवि सिंह, नोना कोइराला, शैलजा आर्चायको योगदानको चर्चा गर्नु भयो । स्वर्गीय मंगलादेवी सिंहले २००४ साल साउन २४ गते गठन गरेको नेपाल महिला संघ नेपाली काँग्रेसको सबैभन्दा जेठो भगिनी संस्था हो ।

≪ Previous Post

साईक्लिङसंगै कोरोना बिरुद्ध घरदैलोमा सचेतना

Next Post ≫

नेपाल तरुण दलद्वार विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क