Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको आपत्ति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको आपत्ति

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0
ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको  आपत्ति
90
SHARES
ShareTweet

बुटवल १७ साउन
बुटवल भैरहवाका विभिन्न स्थानमा संचालन भइरहेका उद्योगहरुलाई विद्युत प्राधिकरणले ट्रंकलाइन सरह विलिङ्ग गरी २०७२ सालदेखिको बक्यौता बुझाउन ताकेता गरेकोमा रुपन्देही उद्योग संघले विरोध जनाएको छ ।
संघले उद्योगीहरुको माग र सहमती विनै नेपाल प्राधिकरणले एकलौटी ढंगबाट लागु गरेको विलिङ्ग उद्योगी माथि अन्याय भएको ठहर निकालेको छ र यस अघि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराई सकेको छ ।
यसै क्रममा शुक्रबार रुपन्देही उद्योग संघका पदाधिकारी टोली प्रभावित उद्योगीहरुसँगै नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयमा डेलिगेसन गएको छ ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा गएको डेलिगेसन टोलीले प्रदेश कार्यालयका प्रमुख ई.नवराज सुवेदीसँग भेट गरी ट्रंक लाइन विलिङ्गको रकम उद्योगीले कुनै पनि हालतमा तिर्न नसक्ने हुँदा तत्काल समस्या समाधान गर्न अनुरोध गरेको छ । प्राधिकरणको यस्तो व्यवहारले औद्योगिक वातावरण खलबलिएको हुँदा यस विषयमा गम्भिर बनिदिन समेत संघले आग्रह गरेको छ ।
यसै बीच रुपन्देही उद्योग संघले रुपन्देहीका बुटवल भैरहवाका विभिन्न क्षेत्रका उद्योगीहरुलाई ट्रंक लाइन विलिङ्गले उत्पन्न गरेको समस्या सम्बन्धमा राष्ट्रिय सभा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईसँग छलफलगरेको छ ।
संघको सचिवालयमा सम्पन्न भेटघाट कार्यक्रममा अध्यक्ष बाबुराम बोहोराले नेपाल विद्युत प्राधिकरणले एकतर्फी ढंगबाट गरेको अन्यायपूर्ण व्यवहारले उद्योगीहरु आक्रान्त बनेको बताउनुहुँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नु भएको थियो ।
उद्योगीका समस्या सम्बन्धमा संघका पूर्व अध्यक्ष नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ संयोजक एजाज आलम, अध्यक्ष परिषदका संयोजक पूर्व अध्यक्ष सतिशचन्द्र कसौधन उद्योगी चन्द्रमान श्रेष्ठ, देवेन्द्र साहु लगायतले समस्याबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख सचेतक भट्टराईले उद्योगीले भोगेका समस्या समाधानका लागि तत्काल पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

≪ Previous Post

बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार

Next Post ≫

रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क