Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0
बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार
80
SHARES
ShareTweet

श्यामलाल पोखरेल
बुटवल, १६ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १० जना नेता कार्यकर्ता रुपन्देहीमा पक्राउ परेका छन् । सरकारद्वारा प्रतिवन्धित सो पार्टीका १० जना कार्यकर्तालाई शुक्रबार बुटवलबाट गिरफ्तार गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रिय सदस्य वाणगंगा न.पा.४ कपिलबस्तुका संगम भन्ने टेक बहादुर पुन, रुपन्देही जिल्ला सचिवालय सदस्य सैनामैना न.पा. २ सोरौली रुपन्देहीका बिष्णु भट्टराई (विश्वास), रुपन्देही जिल्ला सेक्रेटरी तथा पूर्व जिल्ला जनसरकार प्रमुख सैनामैना न.पा.५ गढवा रुपन्देहीका नविन चौधरी, अनेरास्ववियु क्रान्तीकारी जिल्ला सदस्य सत्यवती गा.पा.३ ठुलोलुम्पेक गुल्मीका पारस राहादी र जिल्ला सदस्य बुटवल उमनपा ७ दिपनगरका माधव न्यौपाने पक्राउ परेका प्रहरीले जनाएको छ ।
यस्तै पक्राउ पर्नेमा जिल्ला सदस्य तथा पुर्व दलित मुक्ती मोर्चा रुपन्देही अध्यक्ष बुटवल उमनपा १७ रानिगंजका सरिता बराह, रुपन्देही जिल्ला सदस्य बुटवल उमनपा ३ गोलपार्कका तुल्सीराम भण्डारी, रुपन्देही जिल्ला सदस्य, पूर्व मुस्लिम मोर्चा केन्द्रिय सदस्य तथा पूर्व रुपन्देही जिल्ला अध्यक्ष बुटवल उमनपा ३ गोलपार्कका अजअहमद मिया, रुपन्देही जिल्ला सदस्य तथा पूर्व जिल्ला कमिटी सचिवालय सदस्य बुटवल उमनपा १० रामनगरका बल बहादुर दर्जी र जिल्ला सदस्य बुटवल उमनपा १२ नयाँगाउका रोसन रिजाल रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताले बुटवलमा प्रतिबन्धित गतिविधि गरेकाले पक्राउ गरिएको बताउनुभयो । पक्राउ गरिएका रुपन्देही इन्चार्ज सहितका सबैकोबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
बुटवल उप महानगरपालिका वडा नं. १७ रानीगञ्ज स्थित गम बहादुर थारुको एक तले टिनले छाएको घरको कोठामा नेपाल सरकारबाट प्रतिबन्धित ने.क.पा.माओवादी (विप्लव) समुहका रुपन्देही जिल्ला ईन्चार्ज संगम पुनको अध्यक्षतामा उक्त पार्टीको बैठक बसी रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका हरुका बारेमा ईलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथवाट मेड इन जापान लेखेको नं एक्स एक्स ३२ लेखेको रिभल्वर थान १ र गोली थान २, ९ बाई १९ लेखेको गोली राउण्ड ४, ८५ लेखेको गोली राउण्ड ४, बिभिन्न कम्पनीका मोवाईल थान ६, टफ लेखिएको कालो साईड झोलामा रहेको नगद रु १,६८,४०५ र नेकपा माओवादी विप्लव समुहका बिभिन्न दस्तावेजहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता, सुचना अधिकारी प्रहरी नयाव उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

≪ Previous Post

काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु

Next Post ≫

ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क