Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७७ · 0
काँग्रेसको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता बितरण सुरु
90
SHARES
ShareTweet

भैरहवा, १६ साउन । आगामी फागुन ७, ८, ९ र १० गतेलाई केन्द्रीय महाधिवेशनको मिति घोषणा गरेको नेपाली काँग्रेसले देशब्यापी रुपमा पार्टीका क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण तथा नयाँ सदस्यता बितरण शुरु गरेको छ । आगामी मंसिर २५ गते भित्र नयाँ क्रियाशिल सदस्यता र क्रियाशिल सदस्यता नविकरण नामावलीको अन्तिम सूचि तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सकनु पर्ने भएकाले क्रियाशिल सदस्यता नविकरण र नयां क्रियाशिल सदस्यता वितरणलाई काँग्रेसले तिव्रता दिएको छ ।
सोही अनुसार नेपाली कांग्रेस रुपन्देहीले पनि जिल्लामा क्रियाशिल कार्यकर्ताको सदस्यता नविकरण सुरु गरेको जनाएको छ ।
आगामी मंसिर मसान्त भित्र केन्द्रीय कार्यालयले कन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशिल सदस्यताको नामावलीको अन्तिम सूचि केन्द्रीय निर्वाचन समितिलाई बुझाउनु पर्ने भएकाले त्यस अगाडी नै नेपाली कांग्रेस रुपन्देही अन्तर्गत रहेका कांग्रेस कार्यकर्ताको सदस्यता नविकरणको साथै साधारण सदस्यलाई क्रियाशिल सदस्यता समेत प्रदान गर्ने कार्यको शुरुवात गरिएको जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । यसकालागि केन्द्रबाट जिल्लालाई सो आवश्यक पर्ने सम्पुर्ण कागजात प्राप्त भईसकेकाले सम्वन्धित क्षेत्रका क्षेत्रिय सभापतिलाई कागजात वितरण कार्य सुरु गरिएको सभापति रज्जाकले बताउनु भयो ।
आज (शुक्रबार) रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति हरि लम्साललाई नविकरण तथा नयाँ सदस्यता फारम हस्तान्तरण गर्दै जिल्ला सभापति रज्जाकले यसले रुपन्देहीमा काँग्रेसका पुराना कार्यकर्तालाई पुनर्ताजगी प्रदान गर्ने र नयाँ सदस्यलाई थप क्रियाशिल तथा नेपाली जनतालाई नेपाली कांग्रेसमा जोडिन अभिप्रेरित गर्ने उल्लेख गर्नुभयो ।
नविकरण फारम क्षेत्रिय सभापतिहरु मार्फत गाउँ÷नगर वडा, गाउँ ÷नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा प्रदेश स्तरमा पुग्ने भएकोले सबै कार्यकर्तालार्ई यस अभियानमा सहभागी हुन सभापति रज्जाकले आह्वान गर्नुभयो ।
नविकरण तथा नयाँ सदस्यता फारम हस्तान्तरण कार्यक्रममा पार्टी जिल्ला सचिवद्वय रामकृष्ण खाँण र हरि काफ्ले, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, पुरण प्रसाद श्रेष्ठले सबैले यो अभियानमा सक्रिय सहभागिता जनाउंदै पार्टीको महाधिबेशनलाई ऐतिहासिकरुपमा सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेका अनुसार १ सय ५५ वटा वडा रहेको रुपन्देहीमा काँग्रेसका १२ हजार बढी क्रियाशिल सदस्य रहेका छन् । नेपाली काँग्रेसले २०७७ पुस ६ गते गाउँ÷नगर वडा अबिधेशन, ८ गते गाउँ÷नगरपालिका अबिधेशन, ११ गते प्रदेश सभा क्षेत्रीय अबिधेशन, १३ गते प्रतिनिधि सभा क्षेत्रीय अबिधेशन, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अबिधेशन, १६ गते एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अबिधेशन र माघ ६ गते प्रदेश अबिधेशनको मिति यस अगाडी नै घोषणा गरिसकेकाले सोही अनुसारको तयारीमा जुटेको काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति हरि लम्सालले जानकारी गराउनु भयो ।

≪ Previous Post

आज २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिए, १ सय ५१ जना डिस्चार्ज

Next Post ≫

बुटवलबाट विप्लव माओवादीका रुपन्देही इन्चार्जसहित १० जना गिरफ्तार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क