Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनाका नीजि तथा संस्थागत बिद्यालयका शिक्षक,कर्मचारी आन्दोलित
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनाका नीजि तथा संस्थागत बिद्यालयका शिक्षक,कर्मचारी आन्दोलित

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0
सैनामैनाका नीजि तथा संस्थागत बिद्यालयका शिक्षक,कर्मचारी आन्दोलित
70
SHARES
ShareTweet

बुटवल, १५ साउन । रुपन्देहीको सैनामैनामा संचालित नीजि तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको संगठनले १२ बुंदे माग सहितको ज्ञापन पत्र सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्की समक्ष बुझाएको छ । नीजि तथा संस्थागत बिद्यालय शिक्षक युनियनका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउंदै आफुहरु पीडित भएको र बिद्यालय संचालकहरुले महामारीको समयमा कुनै सम्बोधन नगरेको गुनासो गरेका छन् ।
शिक्षक कर्मचारीहरुले हालसम्म खाईपाई आएको सेवा सुबिधा बिनाशर्त तत्काल उपलब्ध गराउनु पर्ने, शिक्षक तथा कर्माचारीको कोरोना तथा बिपत बिमा गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको यथाशिघ्र कार्यान्वयन गरी थप १ महिनाको चाडपर्व रकम उपलब्ध गराउनु पर्ने, नियुक्ति पत्र उपलब्ध गराउनु पर्ने लगायतका १२ बुंदे माग बिद्यालयहरुसंग गरेका छन् । आफ्ना मागहरु पुरा नभएको खण्डमा चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् । ज्ञापन पत्र बुझ्दै सैनामैना नगरपालिकाका मेयर कार्कीले शिक्षक तथा कर्मचारीहरुमा पर्न गएको असुबिधा प्रति आफु गम्भिर रहेको बताउनु भयो । शिक्षकहरुका समस्याको समाधानका लागि यथाशिघ्र नीजि बिद्यालयका संचालकहरुको छाता संगठनका पदाधिकारी संग छलफल गरी समाधान खोज्ने प्रयास गर्ने बताउनु भयो ।
नीजि बिद्यालय संचालकहरुको छाता संगठन सिसौ सैनामैनाका अध्यक्ष कृष्ण शर्माले शिक्षक र बिद्यालयको सम्बन्ध नङ र मासुको जस्तै भएकोले सबै मिलेर जानु पर्नेमा जोड दिनु भएको छ । एकलाई चोट पर्दा पिडा अर्कोले पनि महसुस गर्नु पर्ने बताउदै अध्यक्ष शर्माले शिक्षकहरुको मागलाई धेरै भन्दा धेरै सम्बोधन गर्ने प्रयत्न गरिने बताउनु भयो ।
कर्मचारी यूनियनका कमल पौडेलले नीजि तथा संस्थागत बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको हकहितका लागि संगठन खोलिएको बताउनु भयो । कुनै बिद्यालयमा शिक्षक तथा कर्माचारी माथि संचालकहरुले अन्याय गरेको खण्डमा संगठनमा लिखित जानकारी गराउन समेत आग्रह गर्नु भयो ।
शिक्षकहरुको माग प्रति बिद्यालय संचालकहरु गम्भिर हुन जरुरी रहेको प्याब्सन प्रदेश नं ५ का अध्यक्ष लेखनाथ पौडेलले बताउनु भयो । बिद्यालय संचालक र शिक्षक कर्माचारी सबैको जित हुने किसिमले मध्यमार्गी वाटोखोजेर जानु पर्ने समेत अध्यक्ष पौडेलले बताउनु भयो ।

≪ Previous Post

ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

Next Post ≫

बुटवल उपमहानगरपालिकाले कानुन विपरित गरेको कर्मचारीको बढुवा र ग्रेड बृद्धि निर्णय बदर गर्न अख्तियारको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क