Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७७ · 0
ट्रंक लाइन विलिङ्ग समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह
100
SHARES
ShareTweet

बुटवल, १५ साउन । विद्युत प्राधिकरणले ट्रंक लाइन विलिङ्ग छुट भनी उद्योगीहरुलाई बक्यौता बुझाउन पुनः पत्राचार गरेसँगै बुटवल—भैरहवा क्षेत्रका उद्योगीहरु चिन्तित बनेका छन् ।
प्राधिकरणले विगतमा लोडसेडिङ्ग व्यवस्थित गर्ने शिलशिलामा उद्योगीहरुको माग र सहमति बिनै एकलौटी ढंगबाट ट्रंक लाइन जडान गरिदिएको र हालसम्म उद्योगीहरुले साधारण विलिङ्ग बमोजिम महशुल भुक्तानी गर्दै आइरहेका थिए । विद्युत प्राधिकरणले २०७२ सालदेखिको बक्यौता बुझाउन पत्राचार गरेपछि उद्योगीहरुमाथि अन्याय भएको उद्योगीहरुले बताएका छन् ।
रुपन्देही उद्योग संघमा आयोजित एक छलफलमा सहभागि उद्योगीहरुले आफुहरु माथि अन्याय हुन लागेको भन्दै समस्या समाधानका लागि पहल गर्न रुपन्देही उद्योग संघसँग आग्रह गरेका छन् ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न छलफलले प्राधिकरणले एकलौटी ढंगबाट लाखौं रुपैयाँ बक्यौता रहेको भनेर उद्योगी ब्यवसायीलाई पत्राचार गरिनु उद्योगी माथिको प्रहार भएको निचोड निकालेको छ ।
सरकारले लोडसेडिङ्ग पूर्ण रुपमा मुक्त भएको घोषणा गरिसक्दा समेत प्राधिकरणले हालसम्म पनि सोही अनुरुप ट्रंकलाइन महशुल असुल उपर नगर्न र मनोमानी ढंगबाट एकाधिकारको गलत प्रयोग नगर्न समेत रुपन्देही उद्योग संघले आग्रह गरेको छ ।
यो समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा समेत प्राधिकरणले चासो नदिनुले उद्योग प्रति प्राधिकरणको भूमिका सकारात्मक हुन नसेको भन्दै संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

≪ Previous Post

आज मिति २०७७ श्रावण १४ गते बुधवार तदनुसार 29 july 2020

Next Post ≫

सैनामैनाका नीजि तथा संस्थागत बिद्यालयका शिक्षक,कर्मचारी आन्दोलित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क