Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कपिलबस्तुको पर्यटकीय स्थल राजापानीमा अत्याधुनिक थारु संग्राहालय निर्माण गरिने
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कपिलबस्तुको पर्यटकीय स्थल राजापानीमा अत्याधुनिक थारु संग्राहालय निर्माण गरिने

संसारपोस्ट संवाददाता · २४ असार २०७७ · 0
कपिलबस्तुको पर्यटकीय स्थल राजापानीमा अत्याधुनिक थारु संग्राहालय निर्माण गरिने
90
SHARES
ShareTweet

संग्राहालयको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य सुरु

कमल चौधरी

कपिलवस्तु, २४ असार । कपिलबस्तु जिल्लाको पर्यटकीय स्थल राजापानीमा अत्याधुनिक थारु संग्राहालय बन्ने भएको छ । बाणगँगा नगरपालिका वडा नं. ३ को राजापानीमा थारु समुदायको कला, संस्कृति झल्किने संग्राहालय निर्माण गर्न लागिएको हो ।
बाणगँगा नगरपालिकाको रु. ५ लाख लगानीमा संग्राहालय निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य सुरु गरिएको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जानकारी गराउनु भयो । जिल्ला अध्यक्ष चौधरीका अनुसार पछिल्लो समय थारु समुदायको भेष, भुषा, धर्म संस्कृति लोप हुने अवस्थामा पुगेका बेला राजापानीमा बन्न लागेको थारु संग्राहालयले थारु समुदायको भेष, भुषा, धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुका साथै यस क्षेत्रको विकासमा समेत ठुलो टेवा पुग्ने छ ।
बाणगँगा नरपालिका प्रमुख मंगलप्रसाद थारुले थारू जातिको इतिहास तथा संस्कृति जोगाउने र नयाँ पुस्तालाई थारु संस्कृतिको पहिचान गराउने उद्देश्यले संग्राहालय निर्माण गर्न लागिएको बताउनु भयो । ‘संग्राहालयमा थारू कला संस्कृति झल्किने भेषभूषा, गहना तथा परम्परागत सामग्रीहरु राखिने छ ।’ नगरप्रमुख थारुले भन्नुभयो– ‘संग्राहालय निर्माणका लागि डिपिआर बनाउन परामर्शदाता कम्पनी छनोट भइसकेको छ । डिपिआर बनाउन पाठ फाइन्डर्स सर्भिस प्रा.लि.ले संग्राहालय निर्माणका लागि डिपिआर बनाउन सुरु गरेको छ ।’
थारु समुदायको बाहुल्यता रहेको बाणगँगा नगरपालिकामा सुविधा सम्पन्न थारु संग्राहालय निर्माण हुनु धेरै राम्रो कार्य भएको र थारु संगै सबै जाति समुदायको पहिचान झल्किने संग्राहालयले कपिलबस्तु जिल्लाको समग्र आर्थिक तथा पर्यटकीय विकासमा समेत टेवा पुर्याउने राजापानी सामुदायिक बनका अध्यक्ष ढाकाराम अधिकारीले वताउनु भयो ।
करिब १ विगाहा ८ कट्ठा क्षेत्रफलमा संग्राहालय निर्माण भएपछि स्थानीय समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको समेत सिर्जना हुने थारु अगुवा महादेव थारु बताउनुहुन्छ । थारु संग्राहालय निर्माणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा स्थानीय समुदायको आयआ हुनुका साथै गाउँघरमा आदिवासी जनजाति समुदायको ‘होम–स्टे’ संचालन गर्न यसले सहयोग गर्ने उहांले बताउनु भयो ।
थारू कला संस्कृति झल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा मेला पर्व र घरमा प्रयोग गरिने परम्परागत सामाग्री, नाचगान, चाडपर्व, रितिरिवाज र सामाजिक परिवेशका चित्रले संग्राहालयका भित्ता सजाइनेछ । यस्तै थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता घर, थारू समुदायका पुराना गहना र कपडा संकलन गरेर राखिनेछ । नयाँनयाँ प्रविधिको विकास सँगै लोप हँुदै जान थालेका पुराना लोक संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि थारु संग्राहालय स्थापनाको अवधारणा ल्याइएको हो ।

राजापानीमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार तयार गरिएका तस्विरहरु । तस्विर : कमल चौधरी ।


≪ Previous Post

कोभिड–१९ बाट प्रभावित किसानलाई बुटवल उपमहानगरको आर्थिक सहयोग

Next Post ≫

पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क