Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल

संसारपोस्ट संवाददाता · २४ असार २०७७ · 0
पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल
50
SHARES
ShareTweet

तिलोत्तमा, २४ असार । नेकपाबाट निर्वाचित रुपन्देहीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पार्टीको शीर्ष तहमा देखिएको विवाद हल गरी एकताको सन्देश दिन अपिल गरेका छन् । पार्टीको शीर्ष तहमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधिले कार्यकर्ताको भावना बुझेर एकतावद्ध रुपमा अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
नेकपाबाट निर्वाचित रुपन्देहीका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको मणिग्राममा सम्पन्न बैठकले पार्टी केन्द्रमा देखिएको विवादप्रति सामूहिक धारणा बनाउँदै पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, ओमसतिया, सियारी, शुद्धोधन र कञ्चनका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । बैठकबाट उनीहरुले आफूहरु टुटफुट होइन एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा रहेको बताउँदै स्थानीय जनताको सेवामा समर्पित हुने र सिंगो जनताको समृद्धि प्राप्तिको लागि एक ठाउँमा उभिने निर्णय गरेका छन् ।
जनताको अभिमत, कार्यकर्ताको अपेक्षा र राष्ट्रको आवश्यकता अनुसार पार्टी नेतृत्व एकताबद्ध भई जनतामा सकारात्मक सन्देश पु¥याउन जनप्रतिनिधिहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । संघीय, प्रदेश र स्थानीय सरकारलाई नेपाली जनताले भारी जनमत दिएको अवस्थामा तीनै तहका सरकार र पार्टीको नेतृत्वमा विकास र समृद्धि प्राप्त गर्दै समाजवादको आधार तय गर्ने र सुखी नेपालीः समृद्ध नेपाल निर्माण गर्ने दृढ चाहना सबैको रहेको उनीहरुको सामूहिक धारणा छ । यसलाई पूरा गर्नको लागि बलियो पार्टी र बलियो सरकार अहिलेको आवश्यकता रहेको उनीहरुको ठहर छ ।

≪ Previous Post

कपिलबस्तुको पर्यटकीय स्थल राजापानीमा अत्याधुनिक थारु संग्राहालय निर्माण गरिने

Next Post ≫

आज मिति २०७७ आषाढ २६ गते शुक्रवार तदनुसार 10 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क