Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्ल्ब अफ मणिग्रामद्वारा मैनादेबी अनाथ आश्रममा खाद्यान्न र मास्क सहयोग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्ल्ब अफ मणिग्रामद्वारा मैनादेबी अनाथ आश्रममा खाद्यान्न र मास्क सहयोग

संसारपोस्ट संवाददाता · २४ असार २०७७ · 0
लायन्स क्ल्ब अफ मणिग्रामद्वारा मैनादेबी अनाथ आश्रममा खाद्यान्न र मास्क सहयोग
110
SHARES
ShareTweet

बुटवल, २४ असार । लायन्स क्ल्ब अफ मणिग्रामले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित रामचन्द्र मैनादेबी अनाथ आश्रममा खाद्यान्न र मास्क प्रदान गरेको छ ।
गुरु पुर्णिमाको अवसर पारेर लायन्स क्ल्ब अफ मणिग्रामले अनाथ तथा असहाय महिला कल्याण समाजद्वारा संचालित तिलोत्तमा–६ मणिग्राम स्थित अनाथ आश्रममा खाद्यान्न र मास्क प्रदान गरेको हो ।
सामाजिक र मानविय सेवाका क्षेत्रमा क्रियाशिल लायन्स क्ल्ब अफ मणिग्रामले क्लवको पहिलो बर्षको सेवा कार्यक्रम र सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ आश्रमलाई २० हजार रुपैयाँ बरावरको खाद्यान्न र मास्क प्रदान गरेको हो ।
क्लबका अध्यक्ष एम जे एफ सूरजकुमार लम्साल, कार्यक्रमका प्रमुख अतिथि एरिया चिफ सन्दिप कसौधन, जोन चेयर पर्सन डा. प्रकाश पान्डेलगायतले खाद्यान्न र मास्क अनाथ आश्रमकी संचालक मैनादेबी भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।


क्लवका प्रथम उपाध्यक्ष प्रकाश भण्डारीले स्वागत तथा सचिव चोलाप्रसाद पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा आश्रमकी संचालक भण्डारीले सबैको साथ र सहयोगले अनाथ आश्रम सञ्चालन गर्न सहज भएको भन्दै खाद्यान्न र मास्क प्रदान गरेकोमा क्लवलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहांले आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिन क्लवका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष सूरजकुमार लम्सालले एकातिर कोरोना भाइरसको उच्च जोखिम र अर्कोतर्फ बन्दावन्दीको अवस्थामा सामाजिक दुरी कायम गर्दै सेवाका कार्यक्रमलाई अगाडी वढाउंदै आएको क्लवले यो बर्षको पहिलो कार्यक्रम अन्तर्गत अनाथ आश्रममा सहयोग गरिएको बताउनु भयो । उहांले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै आगामी दिनमा पनि मानविय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भयो ।

≪ Previous Post

मजदुर र ब्यवसायीका समस्या समाधान गर्न ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिको माग

Next Post ≫

कोभिड–१९ बाट प्रभावित किसानलाई बुटवल उपमहानगरको आर्थिक सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क