बुटवल,२४ असार । नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिले समस्यामा परेका मजदुहरुको समस्या समाधान र राहत ब्यवस्थापन लगायतका माग राखेर तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिका सभापति भरतप्रसाद भुसालको नेतृत्वमा गएको पदाधिकारी तथा सदस्यहरु सहितको टोलीले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिले समस्यमा परेका मजदुरहरुको समस्या समाधान लगायतका ५ बुंदे माग सहित तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मजदुरहरुलाई जिविकोपार्जनका लागि उचित राहतको व्यवस्था हुनुपर्ने, उद्योगी व्यवसायीहरूलाई बैंक व्याज, घरभाडा र स्थानीय करमा छुट दिनुपर्ने, श्रमिकहरुको कोरोना बिमा र पिसिआर परिक्षणको व्यवस्था गरिनुपर्ने लगायतका ५ बुदे माग गरिएको ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर समितिका सचिव राजकुमार वाग्लेले जानकारी दिनुभयो ।

