Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ब्लड बैकलाई नयाँ उपकरण प्राप्त
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ब्लड बैकलाई नयाँ उपकरण प्राप्त

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
ब्लड बैकलाई नयाँ उपकरण प्राप्त
50
SHARES
ShareTweet


बुटवल, २० असार
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु सहयोग प्राप्त भएकोे छ ।
शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले उपकरणहरु सार्वजनिक गर्नु भएको हो ।
ब्लड बैक सुदृढीकरण अन्तरगत पाँच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका सभापति प्रेमलाल उदासले बताउनु भयो ।
२९ लाख ७७ हजार ५ सय ५० रुपैया मुल्य परेका उपकरण मध्ये २० प्रतिशत रकम ब्लड बैकले ब्यहोर्ने उहाँले बताउनु भयो ।
नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने छ ।
केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले नयाँ उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको बताउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले विरामीहरुको रगत उपलब्ध गर्नमा केन्द्रको योगदान महत्वपुर्ण भएको भन्दै रक्तसंचार केन्द्र बुटवललाइ जग्गाको समस्या रहेकोमा सबै मिलेर हल गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको धारणा राख्नु भएको थियो ।
बुटवल केन्द्र संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने भएको छ ।

≪ Previous Post

लकडाउनले मनोरोगी बढ्दै

Next Post ≫

प्रदेश ५ मा शनिवार विभिन्न घटनामा गरि ९ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क