Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउनले मनोरोगी बढ्दै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनले मनोरोगी बढ्दै

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
लकडाउनले मनोरोगी बढ्दै
30
SHARES
ShareTweet


बुटवल, २० असार
लामो समयको लक डाउनसंगै एकान्तबासको कारण मानिसमा मनोरोगको समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा मनोज ढुगानाले बताउनु भएको छ ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय २९ औ नियमित मिटिङको अवसरमा गरिएको अन्तरक्रियामा उहाँले नेपाली समाजले शारीरिक समस्यामात्र रोगका रुपमा लिने गरेको भन्दै मानसिक समस्याबारे अनविज्ञ हुदाँ यसले वर्षेनी ठुलो मानविय क्षति गर्ने गरेको बताउनु भयो ।
विश्व स्वास्थ्य संगठनको परिभाषामा मानिस शारीरिक, मानसिक, आर्थिक–सामाजिक रुपमा स्वस्थ्य र चेतनसिल भएमात्र स्वस्थ्य मानिने हुदाँ अहिले लक डाउनमा सबै मानिस अस्वस्थ भएको उहाँको दाबीरहेको छ ।
एउटा ब्यक्तिलाई शारीरिक रुपमा विभिन्न रोगहरुसंग मिल्ने लक्षणहरु हुने तर परिक्षणपछि कुनै समस्या देखिदैन भने त्यस अवस्थामा मानसिक समस्या हुन सक्ने सम्भावना बढी रहने डा। ढुगानाले बताउनु भयो ।
अहिले समाजमा डिप्रेसन, आत्महत्या र विक्षिप्त जस्ता समस्याहरु देखिएको भन्दै उहाँले ब्यक्तिको लवाई खुवाई, बोलिचाली, ब्यवहार र विचार, भावना, बुद्धि–विबेक, आईक्यु, स्मरणशक्ति, मुल्याकन, चेतनामा तलमाथि भए वा नियन्त्रण भन्दा बाहिर हुदाँ मानसिक समस्या देखिने बताउनु भयो ।
आत्महत्या गर्नेमध्ये ८० प्रतिसत मानसिक समस्या जुन ड्रिप्रेसनको कारण हुने गरेको उहाँको कथन रहेको छ ।
मानिसका दैनिक काम अर्धचेतन अवस्थामा पनि रुटिनमा हुने भन्दै उहाँले मादक पदार्थ सेवन गरेको खण्डमा शरिर आफै कार्यसम्पादन गर्ने तर निर्णय लिनुपर्ने अवस्थामा सडक दुर्घटना हुने उहाँले बताउनु भयो ।
क्लबका अध्यक्ष गोपाल ज्ञवालीले समाजमा घटेका समस्याका विषयबस्तुलाई उठान गरेर सचेतना, अन्तरक्रिया लगायतका कार्यक्रमहरु चलाउने बताउनु भयो । कार्यक्रममा आरआई डिष्ट्रिक ३२९२, नेपाल–भुटान जोन १९ का एजी खिमानन्द भुषाल, निवर्तमान कृष्ण प्रसाद शर्मा, पुर्वअध्यक्ष नवीन श्रेष्ठ, सल्लाहकार रमेश खनाल, पुर्व अध्यक्ष बालकृष्ण अर्याल लगायतले विश्वास, प्रतिवद्धता, सहभागिता, खुशी मिलाएर संगठनात्मक रुपमा समाज परिवर्तन गर्न सकिने बताउनु भयो ।

≪ Previous Post

तनाब व्यवस्थापन गर्न ३० जना प्रहरीलाई अभिमुखीकरण

Next Post ≫

ब्लड बैकलाई नयाँ उपकरण प्राप्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क