Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अपडेट :पहिरोले गुल्मीमा २ जनाको ज्यान लियो १ वेपत्ता ५ जना घाईते, ३३ चौपायको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपडेट :पहिरोले गुल्मीमा २ जनाको ज्यान लियो १ वेपत्ता ५ जना घाईते, ३३ चौपायको मृत्यु

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
अपडेट :पहिरोले गुल्मीमा २ जनाको ज्यान लियो १ वेपत्ता ५ जना घाईते, ३३ चौपायको मृत्यु
150
SHARES
ShareTweet



बुटवल १९ असार
अबिरल बर्षाको कारण गुल्मी जिल्लामा आएको पहिरोले पुर्दा र वगाउदा २ जनाको मृत्यु भएको छ ने १ जना वेपत्ता रहेका छन । पहिरोले ३ वटा गोठ बगाउदाँ ९ वटा ैसी ६ वटा गोरु, १८ वटा बाख्रा , १० वटा कुखुरा बगाएको छ । त्यस्तै एउटा स्कुल समेत बगाएको प्रहरीले जनाएको छ ।
गुल्मी इश्मा गा.पा वडा नं १ बस्ने बसन्त सारुको छोरा १६ महिनाको सुरज भन्ने सिजन सारुको पहिरोले पुर्दा मृत्यु भएको हो ।
सोही स्थानमा बस्ने इश्वरी खत्रीको छोरी बर्ष ८ कि अपेक्षा खत्री पनि पहिरोले बगाउदाँ घटना स्थलवाट १ किलोमिटर टाढा निस्ति खोलामा मृत अबस्थामा सव फेला परेकाप्रहरीले जनाएको छ ।
पहिरोका कारण गुल्मी ईश्मा गा.पा वडा नं १ मल्ली बस्ने बर्ष ९० कि पुतली खत्री सोहीे बर्ष ६४ को टिका खत्री बर्ष ५ को आयुस खत्री बर्ष २७ की इश्वरी खत्री ,बर्ष २१ कि श्रृजना सारू बर्ष २५ को बसन्त सारु घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नाउव उपरिक्षक केदार राज पन्तले बताउनु भयो ।
पहिरोमा परि मुसिकोट न.पा वडा नं २ दर्लुङ बस्ने बर्ष ५५ को भागिरथ घिमिरे बेपत्ता हुनु भएको छ भने मुसिकोट न.पा वडा नं २ हाँडीखोला स्थित घुम्ती पसल अचानक पहिरोले बगाएको छ । पहिरोका कारण गुल्मी मुसिकोट नगरपालिका वडा नं २ रातचौर बस्ने जनक के.सी को घर भत्किन गई क्षति भएकोमा ५ जनाको परिवारलाई स्थानियको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएका प्रहरीले जनाएको छ ।
सोही स्थानका चुमान सिंह खत्रीको घर भत्किन गई क्षति भएकोमा ६ जनाको परिवार छिमेकीको घरमा सुरक्षित बसोबासको ब्यबस्था मिलाईएको छ ।
त्यसैगरि गुल्मी मुसिकोट न.पा वडा नं २ बस्ने टेक बहादुर कार्किको गोठ पहिरोले पुरी गोठमा रहेका ३ वटा भैसी मृत्यु हुनका साथै गोठ पुर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै अर्जुन बहादुर सिंहको गोठ पहिरोले पुरी गोठमा रहेको १ वटा भैसी र ४ वटा बाख्रा मृत्यु हुनका साथै गोठ पुर्ण रुपमा क्षति भएको छ ।
मुुसिकोट नगरपालिका २ खस्थोक अमराई बस्ने राम बहादुर सुनारको गोठ पहिरोले च्यापि गोठ पुर्ण रुपमा क्षति हुनका साथै गोठमा रहेका ३ वटा भैसी र ७ वटा बाख्रा मृत्यु भएको छ ।
त्यस्तै ईश्मा गा.पा वडा नं १ बस्ने रन ब. रेग्मीको गोठ पहिरोले बगाउदा २ वटा गोरुको मृत्यु भएको छ ।
राम ब. के.सीको गोठ र खोर बगाउदा ७ वटा बाख्रा, २ वटा भैसी, २ वटा गोरु, १० कुखुरा, १५० वटा माछा पोखरी सहित बगाई मृत्यु भएको छ । देब कुँवरको गोठ पहिरोले बगाउदा २ वटा गोरुको मृत्यु भएकोछ ।
तेज ब.खत्रीको गोठ पहिरोले बगाउदा १ वटा भैसिको मृत्यु भएको छ ।
ईश्मा गा.पा वडा नं ३ नयाँपोखरा देखी ढाड जोड्ने भित्री सडक खण्डमा माथिबाट पहिरो गई अ. ४ कि.मी.बाटो पहिरोको कारण अबरुद्द भएको छ ।
ईश्मा गा.पा वडा नं ४ ढाँड स्थित रहेको कालिका नि.मा.बि. माथिबाट पहिरो आई स्कुलको ९ वटा कोठा पुर्ण रुपमा भत्कि क्षति भएको छ ।पहिरोका कारण थप १३ घर पहिरोका कारण जोखिममा रहेको प्रनाउ पन्तले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा पौडी खेल्दा युवक बेपत्ता

Next Post ≫

घरबहाल महासंघले मनायो १० औं स्थापना दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क