Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरबहाल महासंघले मनायो १० औं स्थापना दिवस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरबहाल महासंघले मनायो १० औं स्थापना दिवस

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
घरबहाल महासंघले मनायो १० औं स्थापना दिवस
70
SHARES
ShareTweet

बुटवल, १९ असार । नेपाल घरबहाल सरोकार महासंघले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । घरबहाल सम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ बि.सं. २०६७ सालमा स्थापना भएको महासंघको स्थापना दिवसका अवसरमा बुटवलमा शुभकामना आदान प्रदान तथा समिक्षा कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा घर तथा सटर भाडामा लिई ब्यबसाय संचालन गर्ने र भाडामा बसोबास गरि समाजका बिभिन्न क्षेत्रमा रोजगारी गर्नेहरुको हकहित संरक्षण र आपसी एकता सुदृढ गर्दै अघि बढिरहेको नेपाल घरबहाल सरोकार महासंघले आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा सहभागिहरुले लकडाउनका कारण थिलो परेको बजार ब्यबसाय र रोजगारीको क्षेत्रलाई उकास्न सरकारले आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिएका थिए ।


नेपाल घरबहाल महासंघका संस्थापक अध्यक्ष शंकर कोईरालाले बहालवालाहरुको पक्षमा कानुन नबनाउदा बहालमा बस्नेहरु संधै दोश्रो दर्जाको नागरिकको रुपमा रहने गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो । बहालमा बस्नेहरु संधै अपहेलित र अपमानित हुने अवस्थाको अन्त्यका लागि आफुहरुले यो अभियान संचालन गरेको उल्लेख गर्दै संस्थापक अध्यक्ष कोईरालाले बर्तमान अवस्थामा बहालमा बस्नेहरुका समस्या समाधान गर्न सरकारले आवश्यक सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा घरबहाल सरोकार महासंघका संस्थापक सल्लाहकार हरिश ढकालले लकडाउनका कारण प्रत्यक्ष असर परेको ब्यबसायको क्षेत्रमा राहत स्वरुप घरबहाल मिनाहा वा छुट नै प्रमुख मुद्धा रहेकोले त्यसका लागि आम ब्यबसायीहरु एकजुट भएर घरधनी समक्ष आग्रह गर्नुपर्ने बेला आएको बताउनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश संयोजक हरि रेग्मी, केन्द्रिय सचिव राजु लिगल, केन्द्रिय सदस्य शिवराज पोखरेल, जिल्ला अध्यक्ष खगेन्द्र पौडेल, कोषाध्यक्ष उमा देवकोटा लगाएतले घरबहाल क्षेत्रमा देखा परेका समस्या र समाधानका उपायहरु बारे चर्चा गर्नुभएको थियो ।
करिब १ दशक अघि रुपन्देहीबाट शुरुभएको घरबहाल सरोकार अभियानले घरधनी र बहालमा बस्नेहरु बिच समन्वयकारी भुमिका खेलि बहाल क्षेत्रमा उत्पन्न समस्या सुल्झाउने र पुर्ण ब्यबस्थित मावनताबादी बजार निर्माण गर्ने लक्ष राखेको छ ।

≪ Previous Post

अपडेट :पहिरोले गुल्मीमा २ जनाको ज्यान लियो १ वेपत्ता ५ जना घाईते, ३३ चौपायको मृत्यु

Next Post ≫

आज मिति २०७७ आषाढ २० गते शनिवार तदनुसार 4 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क