Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,

संसारपोस्ट संवाददाता · १८ असार २०७७ · 0
हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,
70
SHARES
ShareTweet


बुटवल १८ असार
लकडाउनका बेला तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको हिमालय एयरलाइन्सका पाइलट र क्याबिन क्रुरु मेम्बरलाई कोरोना भाइरस संक्रमण भएको खबर छ । प्राप्त जानकारीअनुसार हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयरहोस्टेजलाई कोरोना संक्रमण भएको हो ।

आरडीटी परीक्षणमा नेगेटिभ आएका उनीहरूको पीसीआर जाँचमा पोजेटिभ आएको जनाइएको छ । संक्रमण पुष्टि भएपछि उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको उपचारका निम्ति सरकारले तोकेको अस्पतालमध्ये सो एक हो ।

पाइलटलाई संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’का क्रममा एयरहोस्टलाई पनि संक्रमण भएको फेला परेको स्रोतको भनाइ छ । संक्रमण देखा परेसँगै हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयरहोस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको स्रोतले जनाएको छ ।

यता हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम पनि जारी रहेको बताइएको छ । ४० भन्दा बढी उडानबाट सयौंको संख्यामा यात्रु आएकाले सबैको विवरण अझै प्राप्त भइनसकेको स्रोतले जनायो ।

संक्रमित कर्मचारीको स्वास्थ्य स्थिति, सुरक्षा सतर्कता एवम् कन्याट्रक ट्रेसिङलगायतका बारेमा जानकारी लिन हिमालय एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठसँग पटक–पटक प्रयास गरे पनि सम्र्पक हुन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको हिमालयन एयरलाइन्सले सरकारी सदाशयताकै कारण राष्ट्रिय ध्वजाबहाक विमान कम्पनी नेपाल वायुसेवा निगमले भन्दा बढी प्राथमितकता पाउँदै आएको छ ।

≪ Previous Post

प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी

Next Post ≫

आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क