Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– त्रयोदशी १८ घडी ५३ पला, दिनको १२ बजेर ४७ मिनेटसम्म, नक्षत्र– ज्येष्ठा ४८ घडी ०१ पला, रात्रिः १२ बजेर २६ मिनेट सम्म , योग – शुभ, करण – गर आनन्दादियोग – आनन्द, चन्द्रमा– वृश्चिक राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १४ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन ठूलो लगानीबाट बच्नु पर्ने हुन्छ । कार्यमा विलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा सफलता मिल्ने छैन सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरूलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कार्यबाट परै रहनु पर्नेछ ।

बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
साथीभाइ सँगको मेल जोलले प्रसन्नतामा बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला, आफन्तको सहयोग मिल्नेछ । आजको दिन सहज र आनन्दका व्यतित गर्ने प्रयास हाेला  । काम गर्दा हतार गर्नु हुदैन । मनमा उब्जने नकारामक अनेकाै बिचारलाई परास्त गर्नु पर्ला , गरेको सार्वजनिक कार्यले समाजमा प्रतिष्ठा दिलाउने छ । शाहासले गर्दा चुनौती पूर्ण काम पनि सहजै पुरागर्न सक्नुहुने छ ।

मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
बोलीको प्रभाव बढेर जाला । विद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , मान यश, कृति फैलिँदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ । आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यापारको लागि ध्यान दिनु उत्तम रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सँग साबधान रहनु राम्रो हुन्छ । आजको दिन हजुरले बैचारिक जीत हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाइमा मन लगाउनु पर्नेछ  । व्यावसायमा समय दिन सके मात्र सफलता हातलाग्ने छ  । मेहनतले मात्र आर्थिक कमजोरी दूर गर्न सफल हुन सकिनेछ, आफन्तमा केही सानाे मुटाव हुनसक्छ । आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सँग वाद विवाद हुने सम्भावना रहेकाले कम वोल्नु राम्रो होला ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन विधामा लागेका हरूको लागि अति नै राम्रो दिन रहन्छ । स्त्री हरूले भने वाणीमा संयमता अपनाउनु पर्नेछ । प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, वौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरूले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ । आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागीरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पद प्रतिष्ठाको बृद्धिकाे लागि प्रयत्नशील रहनु होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग मेल–जोलमा समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरू समाप्त पारेर अघिबढ्नु हाेला , ठूला व्यक्ति सँग सम्पर्क बढेर जाला । सान तिना कुराकाे पछिलाग्नाले विवाद निम्तिन सक्छ,  शारीरिक तथा मानसिक रूपले केही तन्दुरुस्त अनुभव गर्न नसकिएला  ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाईमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला । आज तपाईको मनमा रहेकाे डर हटाएर काममा जुट्नाले सफलता पाउँन सकिनेछ, मान हानी हुनसक्छ अतः सावधान रहनुपर्ने हुन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको दिन तपाईले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला, शिक्षामा मनजानेछ । साथी भाइसँग रमाईलो गरिनेछ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका नगुमाउनु होला , स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा बृद्धिहोला , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ । व्यापारी तथा जागीर गर्ने हरूका लागि आजको दिनले सफलता दिनेछ, मेहनतकाे फाईदा अरुले लिन सक्छन् चनाखाे हुनु पर्ला पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मिष्ठान्न भोजनको प्राप्त होला । शरीरको आलश्य दूरहोला , धार्मिक कार्य गर्ने मानसिकता पैदा होला विद्या तथा प्रेममार्ग सफल । परिवारका लागि समय दिन सकिनेछ । आजको दिन तपाईले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मी हरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रसन्नता बढउनेछ ।

≪ Previous Post

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण,

Next Post ≫

निजी श्रोत अनुदान र बाल विकासका शिक्षकको पारिश्रमिक बृद्धि गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क