Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजी श्रोत अनुदान र बाल विकासका शिक्षकको पारिश्रमिक बृद्धि गर्न माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजी श्रोत अनुदान र बाल विकासका शिक्षकको पारिश्रमिक बृद्धि गर्न माग

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
निजी श्रोत अनुदान र बाल विकासका शिक्षकको पारिश्रमिक बृद्धि गर्न माग
110
SHARES
ShareTweet


बुटवल १९ असार
रुपन्देहीको गैडहवामा रहेको युवा शिक्षक तथा कर्मचारी विकास मञ्चले गाउपालिकामा ज्ञापन पत्र बुझाएकोे छ ।
गाउँ पालिकामा संचालित विद्यालयमा, निजी श्रोत शिक्षक, अनुदान शिक्षक तथा बाल शिक्षिकाहरुको पारिश्रमिक अति न्यून रहेको र स्थानिय सरकारले प्रोत्साहन स्वरुप बृद्धि गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।
गैडहवा युवा शिक्षक तथा कर्मचारी विकास मञ्च अध्यक्षका बाबुराम बरईको नेतृत्वमा गएको टोलीले गाउपालिकाका अध्यक्ष शिक्षा समितिका संयोजक बच्चुलाल केवटलाई ज्ञापन पत्र बुझाएको हो ।
जिल्लाका छिमेकी स्थानिय तहरुले सार्बजनिक गरिएको आगामी बर्षको नीति तथा कार्यक्रममा समेत बिभिन्न सामुदायिक बिद्यालयहरुमा कार्यरत निजी श्रोतमा कार्यरत शिक्षक तथा बाल बिकास सहयोगी र बिद्यालय कर्मचारीहरुलाई प्रोत्साहन गर्दै बजेटमा सम्बोधन गरी तलव भत्ता बृद्धि गरेको तर गैडहवा गाउपालिकाले बेवास्ता गरेको हुदां स्थानिय तहका सरकार प्रमुखलाई ज्ञापन पत्र दिनु परेको अध्यक्ष बरईले जानकारी दिनु भएको छ ।
ज्ञापन पत्रमा २१औं शताब्दीको यस कालखण्डमा विभिन्न प्रकारका शिक्षक तथा कर्मचारीहरु न्यूनतम् सेवा सुविधाबाट बञ्चित रहेको विषयमा यहाँको ध्यानाकर्षण गराउँदै देहायका चुनौतीहरुलाई सम्बोधन गरी यस स्थानीय तह श्री गैडहवा गा। पा। मा शिक्षाको गुणस्तर माथि उकास्न एवं सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो सेवा क्षेत्रमा खटिन प्रोत्साहन प्रदान गर्न अपरिहार्य रहेको कुरालाई आत्मसाथ गरी गाउपालिकाले तलव भत्ता बृद्धि गर्नु पर्ने माग गरिएको छ।
मञ्चले विगत ३ वर्ष देखि स्थायी शिक्षकहरुको का।स।मु। प्रमाणित तथा सिफारिस हुन नसकेकोले सो माथी यथाशिघ्र ध्यान दिनुपर्ने, विद्यालयमा कम्प्यूटर तथा कम्प्यूटर शिक्षकको व्यवस्था गर्नुपर्ने, असार १ गते बाट विद्यालयमा शिक्षक तथा कर्मचारीहरु खटेको तर विश्वव्यापी रुपमा फैलिरहेको महामारी ९कोरोना भाइरस० बाट सुरक्षित रहन सामान्य सुरक्षा सामाग्रीहरु ९मास्क, साबुन, सेनिटाइजर, ग्लोब्ज आदि० को पनि प्रबन्ध नरहेकोले तुरुन्त व्यवस्था मिलाउनु पर्ने, नेपाल सरकारले स्वास्थ्य तथा निजामति कर्माचारीहरुलाई कोरोना ९ऋइख्क्ष्म्९ज्ञढ० विरुद्ध सुरक्षाका निम्ति गरेको तेस्रो पक्षको बिमा सरह सम्पूर्ण शिक्षक कर्मचारीहरुको लागि पनि बिमा गराई मात्र कार्य क्षेत्रमा लगाउनुपर्ने र विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने जस्ता मागहरु राखी स्थानिय सरकार प्रमुख तथा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई ज्ञापन पत्र बुझाएका हुन ।

गैडहवा युवा शिक्षक तथा कर्मचारी विकास मञ्च,गैडहवा रुपन्देहीको ज्ञापन पत्र बुझ्दै गैडहवा गाउपालिकाका अध्यक्ष तथा गाउ शिक्षा समितिका संयोेजक बच्चुलाल केवटले निजी श्रोतमा न्युनतम तलव सुबिधमा अध्यापनरत शिक्षक,बाल बिकास सहयोगी र बिद्यालय कर्मचारीको मर्म र पिडाबारे बोध हुदा हुदै पनि न्युन बजेटका कारण सम्बोधन गर्न नसकिएको स्पष्टिकरण दिनु भएको छ । कोभिड १९को रोकथाम र नियन्त्रणका लागि देशभर गरिएको लकडाउनले गर्दा राजस्व संकलनमा कमी आएको र केन्द्र र प्रदेशबाट आउने बजेट पनि कटौटी भएर आएको हुदां शिक्षा क्षेत्रमा गर्नु पर्ने लगानी समेत कटौटी गर्न बाध्य भएको बताउदै यस बर्ष स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता बाहेका अरु कुनैपनि कर्मचारीहरुलाई कुनै पनि सेवा सुबिधा उपलब्ध गराउन नसकिएको अध्यक्ष केवटले जानकारी गराउनु भएको छ ।अध्यक्ष केवटले आगामी बर्ष सामान्य अवस्था आएर राजस्व संकलनमा सुधार आयो भने मञ्चले राखेको मागहरुलाई सम्बोधन गर्न सकिने आश्वासन समेत दिनु भएको छ।
यस्तै गैडहवा गाउपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद चौधरीले आफु शिक्षक भएको र शिक्षकको मर्म र पिडाबारे जानकारी हुदां हुदैपनि चालु बर्षमा आएको प्राकृतिक बिषम परिस्थितीका कारण शिक्षा क्षेत्रको लागि तयार गरेको आवस्यक बजेट सहितको कार्यक्रम कार्यान्वयन गर्न नसकिएको उललेख गर्नु भएको थियो । शिक्षा प्रमुख चौधरीले बिद्यार्थीहरुको सुन्दर भबिष्य निर्माण गर्ने अभिभारा बोकेर बिद्यालयमा न्युनतम ज्याला भन्दा पनि निकै कममा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरुको नेपाल सरकारले निर्धारण गरेको ज्याला सम्म भएपनि निर्धारण गरिनु पर्छ भन्ने मान्यता राखेता पनि कोभिड १९का कारण सम्पुर्ण कार्यक्रमहरुलाई समेत रद्ध गर्नु परेको बताउनु भएको छ ।
कार्यक्रममा गैडहवा गाउपालिका २२ वटा सामुदायिक बिद्यालयमा अध्यापनरत नीजि श्रोतका शिक्षक,बाल बिकास सहयोगी शिक्षक,लेखापाल,कार्यलय सहयोगी लगायत १ सय ५० जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने शिक्षक रमेश ठाकुरले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १९ गते शुक्रवार तदनुसार 3 july 2020

Next Post ≫

गुल्मीमा पहिरोमा परि १८ महिने शिशुको ज्यान गयो,दुई बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क