Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मीमा पहिरोमा परि १८ महिने शिशुको ज्यान गयो,दुई बेपत्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीमा पहिरोमा परि १८ महिने शिशुको ज्यान गयो,दुई बेपत्ता

संसारपोस्ट संवाददाता · १९ असार २०७७ · 0
गुल्मीमा पहिरोमा परि १८ महिने शिशुको ज्यान गयो,दुई बेपत्ता
90
SHARES
ShareTweet

बुटवल १९ असार
अविरल वर्षाका कारण गुल्मी जिल्लाका विभिन्न स्थानमा पहिरो जादा मानविय संगै ठुलो मात्रामा क्षति भएको छ ।
त्यस्तै जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर एक मल्लीमा पहिरोमा परि १८ महिनाका शिशु सुरज सारुको ज्यान गएको छ ।
त्यस्तै सोही स्थानकी वर्ष २७ कि ईश्वरी खत्री गम्भिर घाईते भएकी छन भने उनकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छन । साथै बेपत्ता हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यता मुसिकोट नगरपालिका वडा नम्बर दुईमा पनि ठुलो मात्रा मा क्षति भएको छ । विभिन्न स्थानमा पहिरो जाँदा घरहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले बताउनु भयो । त्यस्तै वडा नम्बर वडा नम्बर दुईमा पसल बगाउँदा एक जना बेपत्ता भएका छन ।
इश्मा गाउँपालिका–४ मा रहेको एक सामुदायिक विद्यालयमा पहिरोले क्षति गरेको छ । डीएसपी पन्तका अनुसार पहिरोले कालिका निमाविको नौ वटा कोठा पुरिदिएको छ ।
उहाँका अनुसार सोही क्षेत्रमा पहिरोका कारण १३ घर परिवार जोखिममा छन् ।
गुल्मीको मुसीकोट नगरपालिका–२ मा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् ।
मुसीकोट नगरपालिका–२ राताचौर बस्ने जनक केसीको घर पहिरोले भत्काईदिँदा ५ जनाको परिवार विस्थापित भएका हुन् ।
यस्तै पहिरोको जोखिमका कारण सोही ठाउँ बस्ने चुमानसिंह बस्नेतको ६ जनाको परिवार विस्थापित भएका छन् ।
मुसीकोट नगरपालिका–२ हरथोक अम्राहीमा तीन वटा गोठ र खोर बगाउँदा सात वटा भैंसी र ११ वटा बाख्रा बगाएको छ ।
डीएसपी पन्तका अनुसार हरथोक अम्राहीका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा ३ वटा भैँसी र ७ वटा बाख्रा पुरेको छ ।
यस्तै सोही ठाउँका अर्जुन बहादुर सिंहको गोठ बगाउँदा एउटा भैँसी र ४ वटा बाख्रा र टेकबहादुर कार्कीको ३ वटा भैंसी पुरेको छ ।
अविरल वर्षा र ठाउँ ठाउँमा पहिरो जादा उद्दार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

≪ Previous Post

निजी श्रोत अनुदान र बाल विकासका शिक्षकको पारिश्रमिक बृद्धि गर्न माग

Next Post ≫

रुपन्देहीमा पौडी खेल्दा युवक बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क