Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ घरबहाल छुटसँगै रुपन्देहीका व्यवसायीहरुमा राहातको महशुष
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरबहाल छुटसँगै रुपन्देहीका व्यवसायीहरुमा राहातको महशुष

संसारपोस्ट संवाददाता · १८ असार २०७७ · 0
घरबहाल छुटसँगै रुपन्देहीका व्यवसायीहरुमा राहातको महशुष
60
SHARES
ShareTweet


बुटवल १८ असार
लामो समय देखिको लकडाउनले पिरोलिएका व्यवसायीहरुमा केही मनकारी घरघनीहरुका कारण उत्साहित बनेका छन् ।
रुपन्देहीका घरबेटीहरुले बहालमा बस्नेहरुका लागि धमाधम घरबहाल मिनाहा गरेको घोषणा गरेसँगै उत्साह थपिएको हो । बुटवल, भैरहवा, देवदह र सैनामैना क्षेत्रका बिभिन्न स्थानमा घर वा सटर भाडामा लिई ब्यबसाय गर्ने र बसोबास गर्नेहरुका लागि १ देखि ३ महिनासम्मको भाडा मिनाहा गरिएको छ ।
यस्तै केही घरबेटीहरुले लकडाउन अवधीभरको घरबहालमा १० देखि २५ प्रतिशतसम्म छुट दिएको घोषणा गरेका छन ।
बुटवल ५ अमरपथका समाजसेवी घरधनी मृगेन्द्र कुमार शेरचनले संभवत रुपन्देही जिल्लामै सर्वप्रथम घरभाडा मिनाहा गरेको घोषणा गर्नु भएको हो । शेरचनले आफ्नो घरमा भाडामा पसल वा अन्य ब्यबसाय गर्ने दर्जनौं ब्यक्ति तथा संस्थाहरुलाई लकडाउन अवधीभरको घरबहाल मिनाहा गरिएको बताउनु भएको छ् ।
कोरोनाको माहामारी र लकडाउनका कारण धरासायी बनेको ब्यबसायिक क्षेत्र र दैनिक रुपमा गरिखाने बर्गलाई केहीहदसम्म भएपनि राहत होस भनि घरबहालमा मिनाहा गरिएको शेरचनले बताउनु भयो ।
यस्तै बुटवल ४ अमरपथस्थित सिंह कम्प्लेक्स्का संचालक घरधनी महेशमान सिंहले आफ्नो कम्प्लेक्स्मा ब्यबसाय गर्ने सबै ब्यबसायीहरुलाई १ महिनाको घरबहाल मिनाहा गरेको घोषणा गर्नु भएको छ ।
सर्बत्र प्रकोपका रुपमा फैलिईरहेको कोरोना भाईरुसको कहरका बिच सरकारको अनुरोधलाई स्विकार गर्दै आफ्नो कम्प्लेक्स्का ८० वटा सटरमा ब्यबसाय गर्ने सबैलाई राहात स्वरुप १÷१ महिनाको घरभाडा मिनाहा गरिएको सिंहले बताउनु भयो ।
यद्यपी घर बहाल सरोकार संघ रुपन्देहीले पनि यसबिचमा पटक पटक घरधनी समक्ष भाडा मिनाहा वा छुटका लागि अपिल गर्दै आईरहेको थियो ।
यसैगरि देवदहका सुमन सुनारले आफ्नो घरमा ब्यबसाय गर्नेलाई ३ महिनाको घरभाडा मिनाहा गर्नु भएको छ । देवदहकै ईन्द्र सुनारले २ महिनाको घरबहाल मिनाहा गरेको बताउनु भएको छ ।
सैनामैना बाँसगढीका रामनारायण ज्ञवाली, भैरहवाका सानु शर्मा, भैरहवाकै मात्रिका यादव, बुटवलस्थित बालाजी सुनचाँदी पसलका ईन्द्र बहादुर रसाईली, बुटवल २ पाखापानीका मिना भट्टराई लगाएतका घरधनीहरुले १ देखि अढाई महिनासम्मको घरभाडा मिनाहा गरेको जनाएका छन ।
सामाजिक संघसंस्थातर्फ बुटवल ४ कान्तिपथस्थित नवजागृती पुस्तकालयले आफ्नो ब्यबसायिक भवनमा सटर भाडामा लिई पसल संचालन गर्नेहरु सबैलाई १ महिनाको भाडा मिनाहा गरेको पुस्तकालयका बरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्रीले बताउनु भयो । यसैगरि बुटवल ६ ट्राफिक चोकका अर्जुन कर्माचार्यले लकडाउन अवधीको कुल भाडामा १० प्रतिशत छुट गरिएको जनकारी गराउनु भएको छ ।
यस्तै अन्य घरधनीहरुले पनि धमाधम घरभाडा मिनाहा वा केही प्रतिशत छुट गर्ने क्रम जारी रहेको घबहाल सरोकार संघ रुपन्देहीले जनाएको छ ।
संघका अध्यक्ष खगेन्द्र पौडेलका अनुसार रुपन्देहीमा घरबहाल छुटदिने क्रम बढिरहेको छ तर सबैको लगत संकलन गर्ने कार्य जारी रहेको छ ।
यसरी घरबहाल छुट दिने घरधनीहरुलाई संघले निकट भविष्यमै एक कार्यक्रमको आयोजना गरि सम्मान गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।
साथै संघले घरबहाल मिनाहाका लागि तिनै तहका सरकार र सरोकारवाला घरधनीहरुलाई घरबहाल छुट गर्न आग्रह गर्दै आईरहेको छ

≪ Previous Post

आज मिति २०७७ आषाढ १८ गते बिहीवार तदनुसार 2 july 2020

Next Post ≫

प्रदेशका सरकारी कार्यालयमा स्वदेशी काठजन्य सामाग्री प्रयोग गर्ने:मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क