आज मिति २०७७ आषाढ १८ गते बिहीवार तदनुसार 2 july 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः– द्वादशी २३ घडी ३८ पला, दिनको २ बजेर ४१ मिनेटसम्म, नक्षत्र– अनुराधा ५० घडी २५ पला, रात्रिः १ बजेर २३ मिनेट सम्म , योग – साध्य, करण – कौलव आनन्दादियोग – आनन्द, चन्द्रमा– वृश्चिक राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति – मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर १४ मिनेटमा, सूर्यास्त – सायं ७ बजेर ०२ मिनेटमा ।
आज–प्रदोषव्रत, खेलकूद पत्रकार दिवस,
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ, क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ । कफ, वातका रोगीहरूलाई राम्रो दिन छैन, कुनै पनि अनैतिक कार्यबाट परै रहनु पर्नेछ । आजको दिन ठूलो लगानीबाट बच्नु पर्ने हुन्छ । कार्यमा विलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । प्रेममा सफलता मिल्ने छैन सावधान हुनु होला, वाटो–घाटो काट्दा ख्याल गर्नुहोला ।
बृष – (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनमा उब्जने नकारामक अनेकाै बिचारलाई परास्त गर्नु पर्ला , गरेको सार्वजनिक कार्यले समाजमा प्रतिष्ठा दिलाउने छ । शाहासले गर्दा चुनौती पूर्ण काम पनि सहजै पुरागर्न सक्नुहुने छ । साथीभाइ सँगको मेल जोलले प्रसन्नतामा बृद्धिहोला । धनको दिशामा गरिएको प्रयास सफल होला, आफन्तको सहयोग मिल्नेछ । आजको दिन सहज र आनन्दका व्यतित गर्ने प्रयास हाेला । काम गर्दा हतार गर्नु हुदैन ।
मिथुन – (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज पारिवारिक मेल जोल तथा आनन्दमा समय व्यतित गरिनेछ , व्यापारको लागि ध्यान दिनु उत्तम रहनेछ । स्वजनको सहयोगले गर्दा महत्व पूर्ण सफलता हात लाग्ला । बोलीको प्रभाव बढेर जाला । विद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दूरहोला , मान यश, कृति फैलिँदै जानेछ । प्रेममा मिलन तथा मधुरता आउनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन हजुरले बैचारिक जीत हासिल गर्न सक्नुहुने छ, धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला । पुत्र पौत्रको सहयोग तथा सुख मिल्नेछ , साथीभाइ सँग रामाईलो गरिनेछ , मिष्ठान भोजनको अवसर जुट्नसक्छ । शैक्षिक योग्यतामा निखार आउनेछ, कागजीकाम गर्ने हरूको लागि राम्रो दिन रहेको छ । प्रेममा देखावटी गर्ने हरु सँग साबधान रहनु राम्रो हुन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आज फूर्ति तथा तेजको कमी महशुस होला, आमाको स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । मानसिक कमजोरी अनुभव हुनेछ, स्त्रीहरू सँग वाद विवाद हुने सम्भावना रहेकाले कम वोल्नु राम्रो होला । पढाई लेखाइमा मन लगाउनु पर्नेछ । व्यावसायमा समय दिन सके मात्र सफलता हातलाग्ने छ । मेहनतले मात्र आर्थिक कमजोरी दूर गर्न सफल हुन सकिनेछ, आफन्तमा केही सानाे मुटाव हुनसक्छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
प्रतिस्पर्धा बढेपनि नयाँ कामको अनुभव गरिनेछ, वौद्धिक अथवा तार्किक चर्चामा भाग लिन सकिनेछ । धनलाभका मार्ग फेला पर्लान्, व्यवसायमा प्रगति होला , शत्रु नाश हुनेछन् । मनमा उत्साह, उमङ्ग बढ्नेछ, साहित्य तथा लेखन विधामा लागेका हरूको लागि अति नै राम्रो दिन रहन्छ । स्त्री हरूले भने वाणीमा संयमता अपनाउनु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
आजको दिन हजुरले स्थिर भएर काम गर्नु पर्ने छ, यात्राको आयोजन गर्दै हुनुहुन्छ भने सावधान हुनुहोला , जागीरमा भने प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । कला कौशलताका धनीहरूका लागि सुनौलो अवसर आउनेछ, बन्धु बान्धव हरूले प्रेम तथा सहयोग गर्नेछन् । रोग शोक वाट छुट्कारा मिल्नेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सान तिना कुराकाे पछिलाग्नाले विवाद निम्तिन सक्छ, शारीरिक तथा मानसिक रूपले केही तन्दुरुस्त अनुभव गर्न नसकिएला । पद प्रतिष्ठाको बृद्धिकाे लागि प्रयत्नशील रहनु होला, मित्र तथा पारिवरिक सदस्यहरू सँग मेल–जोलमा समय व्यतित हुनेछ । मनमा उठ्ने नकारात्मक विचारहरू समाप्त पारेर अघिबढ्नु हाेला , ठूला व्यक्ति सँग सम्पर्क बढेर जाला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आज तपाईको मनमा रहेकाे डर हटाएर काममा जुट्नाले सफलता पाउँन सकिनेछ, मान हानी हुनसक्छ अतः सावधान रहनुपर्ने हुन्छ । खर्च नियन्त्रण गर्न सकिने छैन, अफवाह देखि टाढै रहन सके मानसिक शान्ति मिल्नेछ । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाईमा मनजाने छैन । पेटमा समस्या आउला, खानपानमा ख्यालगर्नु पर्ला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
साथी भाइसँग रमाईलो गरिनेछ, विद्यामा रुचि, दाजुभाइबाट सहयोग मिल्लनेछ । पति पत्नीको बीचको सम्बन्धमा मधुरता आउनेछ, धन– धर्म कमाउने मौका नगुमाउनु होला , स्वास्थ्थमा सुधार, घरयासी नवीन सामन खरिद गर्ने योग रहेकोछ । आजको दिन तपाईले गरेका सामजिक योगदानकोे चर्चा चल्नेछ, प्रेमामा मधुरता आउला, शिक्षामा मनजानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारी तथा जागीर गर्ने हरूका लागि आजको दिनले सफलता दिनेछ, मेहनतकाे फाईदा अरुले लिन सक्छन् चनाखाे हुनु पर्ला पूर्व सञ्चित योजनाहरू कार्यन्वयन हुनेछन् । पिता तथा पैतृक सम्पत्तिबाट लाभ लिन सकिन्छ,परिवारमा खुशीको माहालोल वन्नेछ । सामाजिक कार्यमा मन जानेछ । हिम्मतमा बृद्धिहोला , रमाइलो यात्रामा जाने अवसर प्राप्तहुन सक्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन तपाईले नयाँकामको थालनी गर्ने दिन रहेकोछ, सहकर्मी हरूको सहयोग भरपूररूपमा पाइनेछ । शुभ समाचार आउनेछ, गरेको व्यवसायले प्रसन्नता बढउनेछ । मिष्ठान्न भोजनको प्राप्त होला । शरीरको आलश्य दूरहोला , धार्मिक कार्य गर्ने मानसिकता पैदा होला विद्या तथा प्रेममार्ग सफल । परिवारका लागि समय दिन सकिनेछ ।