Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · १७ असार २०७७ · 0
पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण
50
SHARES
ShareTweet

पार्टी एकताको मुल भावना विपरित नजान आग्रह

तिलोत्तमा, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा ब्यक्त धारणाहरुलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज दधिराम न्यौपाने, केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्ज एकराज बिश्वकर्मा, जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदी, जिल्ला कमिटी सचिव नारायणबहादुर जि.सी. (निर्मल) ले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी स्थायी कमिटीमा व्यक्त धारणाप्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभार सहित मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएको तथ्यलाई स्मरण गर्न आग्रह गर्दै विज्ञप्तीमा पार्टी एकताको मुल भावना विपरित नजान सचेत बनाइएको छ ।
पार्टी एकताको बाँकी कार्यलाई टुंगोमा पु¥याई सम्पूर्ण पार्टी पंक्तिलाई एकतावद्ध र उर्जा प्रदान गर्दै अगाडि बढ्नुपर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्न जारी स्थायी कमिटी बैठक सफल हुने विश्वास पनि विज्ञप्तीमार्फत नेताहरुले व्यक्त गर्नुभएको छ ।
ऐतिहासिक जिम्मेवारी पुरा गर्न नेतृत्वलाई आम कार्यकर्ताको तर्फबाट अपिल गर्दै विज्ञप्तीमा मुलुक सामु उत्पन्न कोभिड–१९ को महामारी, सिमा समस्या र आर्थिक संकटलाई समाधान गर्न सिंगो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु आजको मूल कार्यभार रहेको उल्लेख गरिएको छ । पार्टीभित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजनिक गर्ने कुराले नेता, कार्यकर्ता र आम जनसमुदायमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै विज्ञप्तीमा यस विषयमा नेतृत्वलाई थप जिम्मेवारीका साथ एकतावद्ध हुन, सहमतीय पद्धति अवलम्बन गर्न, पार्टी पंक्ति र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न अपिल गरिएको छ ।

≪ Previous Post

लकडाउन अवधिको घरभाडा छुटकालागि सामुहिक पहलमा जोड

Next Post ≫

आज मिति २०७७ आषाढ १८ गते बिहीवार तदनुसार 2 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क