Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउन अवधिको घरभाडा छुटकालागि सामुहिक पहलमा जोड
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन अवधिको घरभाडा छुटकालागि सामुहिक पहलमा जोड

संसारपोस्ट संवाददाता · १७ असार २०७७ · 0
लकडाउन अवधिको घरभाडा छुटकालागि सामुहिक पहलमा जोड
70
SHARES
ShareTweet

बुटवल, १७ असार । विभिन्न ब्यवसायमा आवद्ध ब्यवसायीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण घर बहालमा लिएर व्यवसाय गर्नेहरु ठूलो मर्कामा परेको निस्कर्ष निकाल्दै राज्य तथा स्थानीय निकायले लकडाउन अवधिभरको घरबहाल तथा सरकारी कर मिनाहाका लागि पहल गर्नुपर्ने माग गरेका छन् ।
लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेका र कोरोना भाइरस सन्त्रासको वातावरण नहटेको बर्तमान अवस्थामा सरकारी, संघसंस्था तथा व्यक्तिका घरहरु भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले लामो समयदेखि व्यवसाय गर्न नसकेको कारण आर्थिक क्षमता र अवस्था हेरेर घरभाडा छुट वा मिनाहाका लागि सामुहिक पहल गरिदिन ब्यवसायीहरुले माग गरेका हुन् ।
विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएपछि सम्पूर्ण आर्थिक कारोवार ठप्प भएकोे हुंदा भाडामा सटर तथा अन्य ठूलो व्यावसाय गरिरहेका व्यापारीहरुको व्यापार पनि हुन नसकेको अवस्थामा तत्काललाई लकडाउन अवधिभरको घरभाडा छुट गर्न सरकार र घरधनीहरुसंग ब्यवसायिक संस्थाका प्रतिनिधिहरुले आग्रह गरेका छन् ।
रुपन्देही व्यापार संघको आयोजनामा बुधवार बुटवलमा भएको छलफल कार्यक्रममा सहभागि विभिन्न संस्थागत प्रतिनिधिहरुले संस्थागत रुपमा सञ्चालनमा रहेका भवन तथा सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आपसी समझदारीमा छुटको प्रक्रिया अगाडी बढाएको जानकारी गराउंदै निजी घरमा व्यवसाय गर्नेहरुको हकमा घरभाडा छुट गर्ने विषय समस्याका रुपा देखिएको गुनासो गरेका छन् ।
कार्यक्रममा आफ्ना धारणा रख्ने ब्यवसायीहरुले सम्पूर्ण नागरिकले सन्त्रासको समयमा एकजुट भएर लड्नुपर्ने र आफ्नो ठाँउबाट मानवताका हिसाबले एकअर्का प्रति गम्भिर रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन् । कोरोनाको प्रभाव र नकारात्मक असरबाट सम्पूर्ण व्यापार, व्यवसाय ठप्प भइरहेको अवस्थाले नेपालको सम्पूर्ण अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा पुगेको हुदा त्यसलाई बचाउनका लागि भएपनि व्यवसाय सञ्चालनमा सहजता ल्याउन राज्य गम्भिर बन्नुपर्ने सुझाव उनीहरुको थियो ।


कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले कोरोनाले निम्त्याएको समस्या र त्यसले पारिरहेको प्रभावप्रति आफुहरु निकै गम्भिर रहेको बताउंदै त्यसको समाधान गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सामुहिक पहल लिन आग्रह गर्नु भयो । उहांले व्यवसाय सञ्चालन हुन नसके राजश्व र कर उठाउन सकिदैन भन्ने कुरामा राज्य सचेत रहेको हुदा यस्को दिगो समाधानका लागि नगरपालिकाकातर्फबाट सम्पन्न नगरपरिषदले नयाँ कर छुट तथा अन्य राहतका प्याकेज पारित गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका निवर्तमान अध्यक्ष पदमप्रसाद श्रेष्ठले निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीहरु सरकारी नीति र नियमले प्रताडित भैरहेको अवस्थामा कोरोनाको महामारीबाट थप संकटमा परेको हुदा त्यसको संरक्षणमा तत्काल ध्यान नपुग्ने हो भने बुटवलको वजार विस्थापित हुने मात्र नभएर व्यवसाय गर्ने सबै सडकमा भिख माग्न बाध्य हुने भन्दै चिन्ता व्यक्त गर्नु भयो । लकडाउनका कारण पसल बन्दा गर्दा ब्यवसायीले लाखौँको नोक्सानी ब्यहोर्नुपरेको उल्लेख गर्दै श्रेष्ठले व्यापार नभए व्यवसायीले कहाँबाट घरभाडा र लिएको ऋण तिर्ने भन्नुभयो । ब्यवसायीहरुका माग र दुःखप्रति सरोकारवाला गम्भिर नभए ब्यवसायी मात्र होइन, मुलुकको अर्थतन्त्र नै धरासायी बन्ने उहांले बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधि खरेलले घरभाडाको विषयलाई घरधनी र बहालवालालाई आतंकित बनाउने गरी अगाडी सार्नु भन्दा दुबैतर्फको समस्याको पहिचान गरेर त्यसको उचित निकास निकाल्नु उचित हुने धारणा राख्नु भयो ।
नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईले कोरोनाको सन्त्रासका कारण नेपालमा साना मात्र होइन ठूला व्यवसायी समेत बिस्थापित हुने अवस्था सिर्जना भएको बताउंदै राज्य तथा स्थानीय निकायले सहज ढंगले व्यवसाय गर्ने बातावरण निमार्ण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा कान्ति उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले विद्यालय परिसरमा व्यवसाय गर्ने पसलधनीहरुलाई उनीहरुकै सहमतिमा सटर भाडामा छुट दिएको जानकारी गराउंदै कोरोनाले विद्यालय सञ्चालन गर्न नसकिएका कारण शिक्षक र कर्मचारीहरुलाई सेवासुविधा दिन कठिनाई हुन थालेको गुनासो गर्नु भयो । उहाले कोरोनाको सन्त्रासमा घर भाडा छुट दिने विषयलाई दवावका रुपमा नभएर मानवताका हिसाबले निर्णय गराउन सकेमा अपनत्व महसुस हुने सुझाव दिनु भयो ।
रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले कोरोना भाइरसको प्रभावका कारण ठप्प बनेको अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसाय सञ्चालन गर्नु जरुरी रहेको हुदा बन्द समयको घरभाडामा छुट दिन सकेमा आर्थिक गतिविधिलाई सार्थक तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाले बैंक तथा वित्तिय संस्थाहरुलाई ऋणीहरुसँग लिने ब्याज अशुलीका लागि अहिलेको विपत्तिको अवस्थामा दवाव नदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा छलफल कार्यक्रम संयोजक रुपन्देही ब्यापार संघका द्वितिय उपाध्यक्ष प्रकाश ढकाल, उजिरसिंह माविका अध्यक्ष छवि नेपाल, बुटवल जेसिसका अध्यक्ष राजिव गौतम, नविन औद्योगिक माविका अध्यक्ष कृष्ण खरेल लगायत आआफ्ना धारणा राख्नुभएको थियो ।

≪ Previous Post

समुदायमा रोटरीको भूमिका अतुलनिय:गभर्नर राजिव

Next Post ≫

पार्टी नेतृत्वलाई नेकपा रुपन्देहीको ध्यानाकर्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क