Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समुदायमा रोटरीको भूमिका अतुलनिय:गभर्नर राजिव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समुदायमा रोटरीको भूमिका अतुलनिय:गभर्नर राजिव

संसारपोस्ट संवाददाता · १७ असार २०७७ · 0
समुदायमा रोटरीको भूमिका अतुलनिय:गभर्नर राजिव
50
SHARES
ShareTweet

.


बुटवल, १७ असार
रोटरी क्लब अफ बुटवलको २८ औ पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ । वर्ष २०१९÷०२० का अध्यक्ष दिल्लीकुमार श्रेष्ठले वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर राजिव पोखरेलको भर्चुअल्ली प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष श्रेष्ठले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
सचिवमा वर्ष २०२०÷२१ का लागि पनि रोमनाथ शर्मा नै दोहोरिनु भएको छ् । त्यसैगरी वर्ष २०१९÷२० का कोषाध्यक्ष यदुनाथ पाण्डेले वर्ष २०२०÷२१ का कोषाध्यक्ष खिमनारायण पराजुलीलाई अडिट रिपोर्ट हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा भर्चुअल संबोधन गर्दै डिष्टिक गभर्नर पोखरेलले समुदायमा रोटरीको उपस्थिती र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लव अफ बुटवलको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गर्नु भयो ।
मुलुक कोभिड १९ को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै उहाँले तर यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन रोटरीयनहरुलाई आग्रह गर्नु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोभिड १९ सँग डराएर होइन, सतर्क भएर आफ्नो कार्यभारलाई अघि बढाउन आग्रह गर्दै मानिसको जीवनशैली बदल्ने कुरामा पनि भूमिका खेल्न सुझाव दिनु भयो । .
बुटवल उपमहानगरपालिका योजनावद्ध विकासको थालनीमा रहेको र विकासका लागि रोटरीसँग पनि सहकार्य गर्दै अघि बढ्न तयार रहेको उहाँले बताउनु भयो ।
रोटरी क्लव अफ बुटवलका वर्ष २०२०÷२१ का एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गर्नु भयो ।
रोटरी क्लव अफ बुटवल वर्ष २०२०÷२१ का अध्यक्ष सुनिल श्रेष्ठले स्थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो ।
पुर्व अध्यक्ष कृष्णप्रसाद अर्यालले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट इलेक्ट डा. ताराप्रसाद शर्मा, प्रेसिडेन्ट नोमिनी बोनिन पिया, वर्ष २०२०÷२१ का सचिव रोमनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १७ गते बुधवार तदनुसार 1 july 2020

Next Post ≫

लकडाउन अवधिको घरभाडा छुटकालागि सामुहिक पहलमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क