Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको मृत्यु

संसारपोस्ट संवाददाता · १४ असार २०७७ · 0
कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको मृत्यु
60
SHARES
ShareTweet

बुटवल, १४ असार । कार दुर्घटनामा परी पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको शनिबारराति रुपन्देहीको तिलोत्तममा आफैले चलाएको बा ७ च ६९५९ को कार दुर्घटनामा परी मृत्यु भएको हो ।
बुटवलबाट तिलोत्तमा–६ स्थित आफ्नो घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा राति करिव पौने १२ बजेतिर कार दुर्घटनामा परेको हो । सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले जानकारी गराउनु भयो ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका पाण्डेलाई बुटवलको कालिकानगर स्थित चौराहा हस्पिटल प्रा.लि.मा उपचारका लागि लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार कारमा पाण्डे एक्लै सवार थिए । सडकको डिभाइडरमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
लुम्विनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा राखिएको स्वर्गीय पाण्डेको शव आईतबार (आज) बिहान पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि पाण्डेको जन्मस्थान स्याङ्जाको विर्घा लगिएको छ ।
पाण्डे आफ्नी श्रीमती सहित रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित आफ्नै घरमा बस्दै आएका थिए ।
स्थानीय स्तरमा पावर न्यूज नामक अनलाइन पत्रिका सञ्चालन गर्दै आएका पाण्डे पत्रकारितामा आउनुअघि म्युजिक भिडियोमा अभिनय र संगीत कर्ममा सक्रिय थिए ।
पत्रकार पाण्डेको निधन प्रति दुःख ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन रुपन्देही, तिलोत्तमा मिडिया क्लव, लुम्विनी प्रेस क्लव लगायतका संस्थाले विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा पत्रकार पाण्डेको ३० बर्षको उमेरमा भएको निधनले पत्रकारिता क्षेत्रले असल, कर्मठ र निष्ठावान ब्यक्ति गुमाएको उल्लेख गरिएको छ । शोकको यस दुःखद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समबेदना ब्यक्त गरिएको छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १४ गते आइतवार तदनुसार 28 june 2020

Next Post ≫

युवा व्यवसायी पोखरेलद्वारा जन्म दिनमा रक्तदानमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क