Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युवा व्यवसायी पोखरेलद्वारा जन्म दिनमा रक्तदानमा
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युवा व्यवसायी पोखरेलद्वारा जन्म दिनमा रक्तदानमा

संसारपोस्ट संवाददाता · १४ असार २०७७ · 0
युवा व्यवसायी पोखरेलद्वारा जन्म दिनमा रक्तदानमा
60
SHARES
ShareTweet

श्यामलाल पोखरेल

बुटवल, १४ असार । मानिसले आफ्नो जन्म दिन फरफरक ढंगले मनाउने गर्दछन् । घर, होटल र पार्कमा फजुल खर्च गरी तडक भडकका साथ जन्म दिन मनाउने फेसनमा क्रमश परिवर्तन आउन थालेको छ । आफ्नो जन्म दिन आफ्नै ढंगले मनाउनु स्वभाविकै पनि हो । तर पछिल्ला वर्षमा तडक भडकका साथ जन्मदिन मनाउने चलन क्रमश घट्दै गएको छ ।
पछिल्लो समय जन्मदिन मनाउंदा अरुको देखासिकी गरी फजुल खर्च गर्ने संस्कृतिको विकासमा क्रमश परिवर्तन आउन थालेको देखिन्छ । बुटवलका एक युवा स्वरोजगार व्यवसायीले जन्म दिनमा हुने फजुल खर्च रक्तदान कार्यक्रममा खर्चेका छन् । जन्मदिन मनाउंदा हुने फजुल खर्च कटौती गरी युवा व्यवसायी नविन पोखरेलले बुटवलमा रक्तदान कार्यक्रम गरेका हुन् ।
युवा व्यवसायी पोखरेलले घर परिवार, आफन्त, नजिकका साथीभाइ जम्मा गरेर बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१ पोका रगत संकलन भएको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियन राधा शर्माले जानकारी गराउनु भयो ।
जन्म दिनमा हुने फजुल खर्च कटौती गरी व्यवसायी पोखरेलले तीन वर्ष यतादेखि रक्तदान कार्यक्रम गर्दै आएका छन् । रगतको अभावले कोही पनि मर्न नपरोस भन्ने सेवा भावको उद्वेश्यले जन्म दिनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको व्यवसायी नविन पोखरेलले बताउनु भयो । हरेक नेपालीले फजुल खर्च कटौती गरेर समाज सेवामा लगानी गरे समाजको विकास र परिवर्तन हुन सक्ने बुझेर जन्म दिन मनाउने खर्च रक्तदानमा लगानी गरेको व्यवसायी पोखरेलको भनाइ छ । ठूलो खर्च गरेर होटल तथा रेष्टुरेण्टमा गएर जन्म दिन मनाउनुको साटो रक्तदान गर्नुले समाजलाई सकारात्मक सन्देश दिने नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहानले बताउनु भयो ।

≪ Previous Post

कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको मृत्यु

Next Post ≫

आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क