Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए

संसारपोस्ट संवाददाता · १० असार २०७७ · 0
शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए
70
SHARES
ShareTweet

ललित पाण्डेय

सैनामैना १०, असार । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको शहिद नारायण पोखरेल रामापुर क्याम्पसले गुणस्तर प्रत्यायन प्रमाणपत्र (क्यू.ए.ए.) प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगले तय गरेका मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्त गरेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । क्याम्पस प्रमुख यदुलाल पन्थले शैक्षिक गुणस्तरको बृद्धि गर्दै क्याम्पसको विकासको लागि उच्च शिक्षा सुधार परियोजना मार्फत विभिन्न मापदण्ड पुरा गर्दै क्याम्पसले क्युएए प्राप्त गरेको जानकारी दिनुभयो । क्याम्पसले ८ वटा विषय क्षेत्रका १२० परिसूचकहरु पुरा गर्दै क्यूएए प्राप्त गरेको उहांले बताउनुभयो ।
क्यू.ए.ए प्राप्तीले गर्दा क्याम्पसको शैक्षिक तथा भौंतिक विकासको लागि अनुदान प्राप्त हुने भएको छ । क्याम्पसको भौंतिक निर्माणको लागि ३ करोडसम्मको अनुदान प्राप्त हुने भएको छ ।
क्याम्पसले अब प्राविधिक विषय थप गर्दैै ब्यवस्थापन संकायमा स्नातकोत्तर तह थप गर्ने भएको छ । यस्तै प्रध्यापक कर्मचारीहरुलाई थप अध्ययन र अनुसन्धानको लागि प्रोत्साहित गरी गुणस्तर अभिृबद्धिमा जोड दिने क्याम्पस प्रमुख पन्थले जानकारी दिनुभयो ।
क्याम्पसले छोटो समयमा नै क्युएए प्राप्त गरेको शहिद नारायण पोखरेल रामापुर क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज ज्ञवालीले जानकारी दिनुभयो ।
क्यूएए प्राप्तीको प्रक्रिया ५ वर्षमा पुरा गर्दै क्याम्पसले छोटो समयमा नै क्यूएए प्राप्त गर्न सफल भएको उहांले दाबी गर्नुभयो । छोटो समयमा नै क्यूएए पाप्तीको सफलताले क्याम्पसको शैक्षिण गुणस्तर, भौंतिक विकास र समुदायसँगको सम्बन्ध धेरै राम्रो छ भन्ने कुरा प्रमाणित भएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।


क्यूएएको अवधि ५ वर्षको हुने बताउँदै उहांले विश्व विद्यालय अनुदान आयोगले दिएको मापदण्डलाई क्याम्पसले सधैं कायम राख्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै क्याम्सले आगामी १० वर्षे गुरुयोजना समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । क्याम्पसले शैक्षिक भवन निर्माणदेखि सभाहल, आवास भवन, पुस्तकालय, कम्पाउण्ड वाल, आन्तरिक सडक, खानेपानी, चौर ब्यवस्थापन, पार्किङ्ग, क्यारिज, पार्क निर्माणको लागि ३२ करोड लागतको गुरुयोजना तयार गरेको छ । कार्यक्रममा क्यूएए कोअर्डिनेटर विष्णु अर्यालले क्यूएए प्राप्तीको लागि क्याम्पसले पुरा गरेको प्रक्रियाको बारेमा जानकारी दिनु भएको थियो भने क्याम्पसका प्रशासन अधिकृत मदन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहमा गरि ९ सय ११ विद्यार्थी रहेका छन् । रुपन्देही जिल्लामा ५ वटा क्याम्पसले क्यूएएको मान्यता प्राप्त गरेका छन् ।

≪ Previous Post

निर्माण ब्यवसायी शर्मालाई पितृ शोक

Next Post ≫

महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका बुटवलका कर्मचारीले जोखिम भत्ता नलिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क