बुटवल, ९ असार । नेपाली काँंग्रेसका क्रियाशिल सदस्य तथा लुम्बिनी निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष रुद्र शर्मा भुसाल तथा नेपाल सांस्कृतिक संघ रुपन्देहीका कोषाध्यक्ष दीपा लामिछानेलाई पितृ शोक परेको छ । भुसालका पिता गौरिश्वर भुसालको ८४ बर्षको उमेरमा मंगलवार राती निधन भएको हो ।
१९९३ असोज १ गते जन्मनु भएका भुसालको बुटवल, वडा नम्वर १५ सेमलार स्थित आफ्नै निवासमा निधन भएको हो । विगत केहि महिना देखि छातीको समस्याबाट ग्रसित भुसालको बुटवलको तिनाउ अस्पतालमा उपचार भइरहेको थियो ।
नेपाली कला संस्कृति संगै धार्मिक संस्कारलाई बचाउन सक्रिय रहनु भएका गौरिश्वर भुसाल सेमलार भजन टोलीको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले नेपालको मौलिक कला, संस्कृति, धार्मिक संस्कार र बाद्यबादनलाइ बचाउन युवा पुस्तालाई समेत प्रेरित गर्दै आउनु भएको थियो ।
स्वर्गीय भुसालका ३ छोरा र ३ छोरी हुनुहुन्छ । भुसालका दुई छोरा निर्माण ब्यवसायमा र कान्छा छोरा स्थानीय राजनीति तथा समाजसेवामा क्रियाशिल हुनुहुन्छ ।
