Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए
120
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ

नवलपरासी, ६ असार । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ ।
१ सय १६ जना मध्ये दुई जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३ जना नेपाल सरकारको निर्देशिका अनुसार उपचार पछि घर फर्किएका छन् ।
शनिबार देवचुलीका २ जना, मध्यविन्दुका २ जना, विनयीत्रिवेणीका १ जना, बुलिङटारका ११ जना र बौदीकालीकाका १ जना गरी १७ जना संक्रमित थपिएका हुन् ।
ति सबै भारतबाट आएका हुन् । शनिबार संक्रमित पुष्टि भएका सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि लैजाने तयारी भईरहेको छ ।
छुट्टा–छुट्टै ३ वटा परीक्षण प्रयोगशालाबाट जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको जानकारी अनुसार कार्यालय प्रमुख केशव प्रसाद चापागाईले नवलपुरका थप १७ जनामा संक्रमण देखिएको जानकारी गराउनु भयो ।
भरतपुर प्रयोगशालामा भएको परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । देवचुलीका २, मध्यबिन्दुका २ र बिनयीत्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
मध्यविन्दु नगरपालिकाका १४ का २५ र २४ बर्षीय दुई जना पुरुष, देवचुली १ वस्ने वर्ष १९ का पुरुष, विनयत्रिवेणी २ वस्ने वर्ष २१ का पुरुष र देवचुली ७ वस्ने वर्ष २९ का पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईका अनुसार देवचुलीका ३१, मध्यबिन्दुका ११ र बिनयी त्रिबेणीका १५ जनाको स्वाव संकलन गरी ५७ नमुना परीक्षण भएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
पोखरामा भएको परीक्षणमा बुलिङटारका मात्रै ११ जना संक्रमित देखिएका छन् । बुलिङटारबाट परीक्षणका लागि पोखरा पठाईएका १०८ मध्ये यसअघि ४३ स्वाव नेगेटिभ आएका थिए । आज ११ पोजेटिभ र ५ नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।


संक्रमित हुनेहरुमा १७, ३७, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ बर्षका ११ जना पुरुष छन् ।
यस्तै काठमाण्डौको प्रयोगशालामा भएको नमुना जाँचमा बौदीकालीकाका १७ बर्षीय १ जना पुरुषमा संक्रमण देखिएको छ । बौदीकालीकाका ३ जनाको स्वावको रिपोर्ट आएकोमा २ वटा नमूना नेगेटिभ छन् । काठमाण्डौ प्रयोगशालाबाट परीक्षण रिपोर्ट आएपनि यहाँबाट पोखरा पठाईएको स्वाव पोखराले काठमाण्डौ पठाएको हो ।
पोखरामा गैंडाकोटका १४ मध्ये ९ वटा नमूना र मध्यबिन्दुका ७४ मध्ये ५ वटा नमूना नेगेटिभ छन् ।

≪ Previous Post

सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने

Next Post ≫

सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार प्रतिवद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क