Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने
60
SHARES
ShareTweet

सामुहिक, करार र व्यवसायिक खेतिलाई प्रवद्र्धन गर्ने नीति

सैनामैना, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषिमा आत्मनिर्भर हुंदै खाद्यान्न निर्यात गर्ने लक्ष्यसहित स्थापना गरिने भूमि बैंक ‘भूमी बैँकमार्फत नगरपालिकाले सामुहिक खेति, करार खेति र व्यवसायिक खेतिलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि शुक्रबार नगरसभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि’ नारा अंगिकार गरेको नगरपालिकाले भूमि बैंकको स्थापनापछि करार खेति गर्नेहरुका लागि जग्गा लिजमा लिंदा जग्गा वहाल कर मिनाहा गरिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । कृषियोग्य जमिनको चक्लाबन्दी गरी गैरकानूनी खण्डिकरणलाई नियन्त्रण गर्ने र नगरमा जग्गा बाझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जग्गा बांझो राखेमा भूमि बैँकले लिजमा दिन सक्ने नीति बनाइने प्रमुख कार्कीले वताउनु भयो ।
नगरपालिकाले वडा नंं. ३ र ८ मा एक हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्न संघ र प्रदेश सरकारसँग वजेट माग गर्ने भएको छ । वैदेशिक रोजगारबाट घर फर्किएका युवा र कृषि तथा पशु उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था, बालि वीमा कार्यक्रमलाई सहज र सस्तो रुपमा किसानको पहुँचमा पु¥याइने, कृषि योजना पकेट क्षेत्र निर्धारण, हरेक वडामा कृषक एकिकृत शत्रुजित व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन तथा बेमौसमी तरकारी खेति उत्पादनको लागि हाइटेक प्लाष्टिक टनेल निर्माण लगायतका कार्यक्रममार्फत कृषि उत्पादनमा गुणात्मक बृद्धि गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
यस्तै नगरपालिका भित्र पायक पर्ने स्थानमा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको महिला, बालबालिका र अपाङ्ग लक्षित सामुदायिक अस्पतालको निर्माण, रामापुर स्वास्थ्य चौकीमा आंखा अस्पताल निर्माण र वडा नं. ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य चौकी नभएका ९ वटा वडामा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, आगामी कार्तिक मसान्तसम्म सबै नगरवासीको स्वास्थ्य वीमा लगायतका योजना पनि नीति कार्यक्रममा समेटिएको छ ।
यस्तै विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुचना प्रविधिको व्यवस्था गरी स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने, जङ्क फुड निषेध, प्राथमिक तहका बालबालिकाहरुलाई निशुल्क खाजा, छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क उपलव्ध, विद्यालय समायोजन भई प्राप्तहुने अनुदानबाट ७५ प्रतिशत रकम अनिवार्य रुपमा विद्यालयको प्रयोगशाला, प्रविधि, पुस्तकालय र उपलब्धि सुधार सूचांकमा खर्च गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्वाधार विकासका लागि पूजिँगत बजेटको न्यूनतम ३ प्रतिशत बजेट सडक मर्मत तथा संभारमा खर्च गर्ने, आगामी आर्थिक वर्षभित्र सैनामैना चक्रपथको न्यूनतम २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना नीति कार्यक्रममा समेटिएको छ । सैनामैनाको पर्यटनमा महत्वपूर्ण आयोजना मानिएको लामीरह बहुउद्देश्यीय बांधको डिपिआर तयार गरी ठेक्का व्यवस्थापन गर्ने, सार्वजनिक निजी साझेदारीमा स्विमिङ पुल सहितको आधुनिक वाटर फन पार्क, स्विमिङ पुल, पिकनिक स्थल लगाएतका पूर्वाधारको निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने पनि नीति कार्यक्रममा उल्लेख छ ।
वडा.नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माण गर्नको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढाइने नीति कार्यक्रममा समावेश गरिएको छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ ६ गते शनिवार तदनुसार 20 june 2020

Next Post ≫

पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क