आज मिति २०७७ आषाढ ६ गते शनिवार तदनुसार 20 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः–चतुर्दशी १५ घडी ५४ पला, बिहान ११ वजेर ३२ मिनेटसम्म, नक्षत्र– रोहिणी १७ घडी ५४ पला, दिनको १२ वजेर २० मिनेट सम्म, योग – शूल, करण – शकुनि, आनन्दादियोग – श्रीवत्स, चन्द्रमा – वृष राशिमा, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर १० मिनेटमा, सूर्यास्त – सायं ७ वजेर ०१ मिनेटमा ।
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न हुनेछ । आफन्तहरूबाट असहयोग प्राप्त होला । धनक्षय हुनेछ, काममा सफलता मिल्ने छैन । अनावश्यक नसोँचेको कार्यमा धन व्यय होला । पेटमा समस्या पैदा होला, खानपिनमा ख्याल गर्नु पर्ने हुन्छ । व्यवसायमा मन्दी आउला, सोचेको काम वनाउन कसी पर्ला । साझेदारीका काममा राम्रो हुदैन । स्वास्थ्यमा नमी आउनेछ , प्रेममा असफता हात लाग्ला ।
वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । मनमा बनेका योजनाहरूले स्थान पाउँन सक्नेछन् । रोकिएका कामहरू सुचारू हुने छन् । कार्यमा तिव्रता दिनु राम्रो होला । दाजुभाइ को सहयोग मिल्नेछ, रोकिएको धनमाल हात लाग्नेछ । गरेको कामले प्रसन्नता देला, ठूला व्यक्तिको सहयोगले रोकिएको काम वन्ने छ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद होला । यात्राको अवसर देखिएता पनि यात्रा हुनुभने कठीन देखिन्छ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । नेत्रमा समस्या आउन सक्नेछ, आफ्ना भनेकाले खासै सहयोग गर्ने छैनन् । खुट्टातान्ने प्रसस्त भेटिनेछन् चनाखो भएर रहनुपर्नेछ । काममा रुचि जाने छैन, बिद्यामा आलस्य जाग्ला ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
वित्तीय कारोवारीहरुको लागि राम्रो दिन हुन सक्छ । रोग, शोकबाट छुट्कारा मिल्ने छ, मान सम्मान प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । दीर्ध लाभका कार्योजनाहरूका बिषयमा कुरा चल्नेछन् । स्वास्थ्य राम्रो रहनेछ । जोश जाँगरमा वृद्धिहोला, गरेको कामले खुसी वनाउला, उपाहार तथा सम्मान प्राप्त होला । वोलीको प्रभाव वढेर जानेछ, मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापर व्यवसाय कसरी चलाउने भन्ने कुराको विकास होला, यान तथा बाहनबाट सुख मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । आय आर्जनका मार्गहरू फेला पर्नेछन् , मांगलिक कार्यमा सहभागी भईएला, अतिथिको आगमनले मन प्रसन्न होला । बाैद्धिक क्षमतामा अभिवृद्धि हुनेछ, मान शानमा वृद्धि होला ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
। आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ । चोट–पटको सम्भावना रहेकोले सवारीसाधन देखि साबधान रहनु पर्ला, यात्रामा सामन हराउन सक्ने भएका कारण चनाखो हुनुपर्ला । प्रेममा धोका हुनसक्छ , पठन–पाठनमा मन नजाला ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
विद्यामा रुचि जानेछैन । घरयासी झै–झमेला आउन सकछ,मेहनतका साथ गरेको काम सफल हुने छैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । माल सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । अनेकौ झन्झटले पछ्याउने छ । सोचेको काम असफल हुनाले मन खिन्न वन्ला, यात्रामा असजिलो परिस्थिति आउन सक्छ । मन चञ्चल होला, वनेका योजना अधुरा रहलान् ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रेममा मिलनको सभावना देखिन्छ, एकाउन्ट तथा गणित अध्यताको लागि राम्रो दिन रहेकोछ दूर दृष्टि प्राप्त होला । आफूभन्दा ठूला दाजुहरूको सहयोग तथा सद्भाव प्राप्त होला । सोंचेकोकाममा प्रगति गर्न सकिनेछ । वनाएका योजनाहरू सहजै पूरा होलान् । पिताको सहयोग तथा पैतृक सम्पत्ति फलदायी रहनेछ । बौद्धिक क्षेत्रमा लम्कने दिन रहेको छ ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेम सफल हुने दिन छ । नयाँ कार्याेजना वन्नेछन् , सहयोगीले भरपूर साथ देलान् । स्त्रीको सहयोग मिल्नेछ, नजिकी यात्रा लाभदायी रहन्छ । प्रेममा सफलता मिल्नेछ, पठनपठनमा मन जानेछ । घर परिवारमा रमाईलो वातावरण वन्नेछ , नयाँ परिकारको स्वाद लिन सकिनेछ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा भाइवन्धुहरू संग मन मुटाव हुनसक्छ, व्यवहार गर्दा सजगता राम्रो होला । गर्नलागेको काममा भाग्यले साथ नदेला । स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो हुन्छ । स्वास्थ्यमा समस्या आउन सक्नेछ । मानिसक उद्वेग वढ्नेछ, विरोधी सक्रिय बन्नेछन् । विद्यामा रुचि जाने छैन । प्रेममा असफला हात लाग्ला ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरूको भर पर्नाले महत्व पूर्णकार्य रोकिन सक्छ । आर्थिक कमजोरीले गर्दा व्यावसायमा लगानि गर्ने असर गुम्नेछ , यात्रा गर्ने सोंचमा हुनुहुन्छ भने यात्रा टालेको राम्रो । अध्ययन अध्यापनका मार्ग खासै राम्रो रहेको छैन । बौद्धिक कार्यमा मनलाग्ने छैन , वादविवादमा पर्न सकिन्छ, बोलीलाई नियन्त्रण गर्नु राम्रो, साथीहरू सगँ मतभेद पैदा होला । शिक्षामा मन जाने छैन । विश्वास गरेकाले साथ नदेलान्, व्यवशायमा सोचेको प्रगति हात नलाग्ला ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमीहरू सगँ व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरूका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाईदा हुनेछ । आफन्तको सहयोग मिल्नेछ , नवीन कार्ययोजना को थालनी हुने योग रहेको छ । व्यवसायवाट लाभ मिल्ला, पढाईमा मन जानेछ , मन प्रसन्न रहला । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ ।