सैनामैना, ३० असार । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.१ बनकट्टामा सोमवार भएको हायस गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट अर्घखाँचीका लागि छुटेको देउराली यातायात प्रा लि अर्घाखाँचीको ना ४ ख ६६८३ नम्बरको हायस गाडी वर्षाका कारण सडकमा चिप्लिएर अनियन्त्रित भै पल्टिदा सो दुर्घटना भएको इलाका प्रहरीका कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक बाबुराम घिमिरेले जानकारी दिनुभयो । अपरान्ह साढे ४ वजेतिर भएको गाडी दुर्घटनामा परि घाईते हुनुभएका जिल्ला अर्घा सन्धिखर्कका ५८ बर्षिय राम बहादुर रायमाझीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । गाडीमा ५ जना यात्रु सवार रहेका थिए । अन्य सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
