Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ मणिमुकुन्द सेन उद्यानको अध्यक्षमा पुनः लुइँटेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मणिमुकुन्द सेन उद्यानको अध्यक्षमा पुनः लुइँटेल

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
मणिमुकुन्द सेन उद्यानको अध्यक्षमा पुनः लुइँटेल
60
SHARES
ShareTweet


बुटवल, ३० असार । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) को १२ औं साधारणसभा तथा चौथो अधिवेशनले कार्यसम्पादन समिति अध्यक्षमा खेमप्रसाद लुइँटेललाई पुनः निर्वाचित गरेको छ ।
सोमबार भएको साधारणसभा तथा अधिवेशनले लुइँटेलको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनबाट उद्यानको उपाध्यक्षमा बाबुराम पोखरेल र माधव नेपाल, महासचिवमा रमेशप्रसाद नेपाल, सचिवमा महेन्द्रप्रसाद लिगल र कोषाध्यक्षमा माधवप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तैगरी खुला सदस्यमा गौतमलाल शाक्य, राजुप्रसाद लिगल, महिला सदस्यमा भगवती बस्याल र सीता खनाल चयन हुनुभएको छ । जनजाति सदस्यमा मिलेन्द्र श्रेष्ठ, उत्पीडित सदस्यमा जोगलाल विश्वकर्मा, लेखा समिति संयोजकमा लोकराज शर्मा र सदस्यमा लिलबहादुर विश्वकर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ । लेखा सदस्य दुई जना चयन गर्नुपर्नेमा उम्मेदवारी फिर्ता भएकाले एक जना मात्र निर्विरोध भएको र थप एक जना कार्यसम्पादन समितिको प्रथम बैठकले टुंग्याउने गरी निर्वाचन प्रक्रिया सकिएको निर्वाचन समितिले जनाएको छ । फूलबारीको विधानमा दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।
सोमबार साधारणसभाको उदघाटन गर्दै प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले फुलबारीको विकासका लागि प्रदेश सरकार सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो । उद्यानमा जीर्ण अवस्थामा रहेको मणिमुकुन्द सेन राजाको दरबारको संरक्षण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बरालले प्रदेशभित्र रहेका यस्ता पार्कहरुले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने बताउनुभयो ।
उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले उद्यानको गुरुयोजना तयार गरिएको जानकारी दिँदै आगामी दिनमा सोही अनुसार भौतिक निर्माण तथा पार्कहरुको सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताउनुभयो ।

≪ Previous Post

सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु

Next Post ≫

आजको राशिफल २०७६ असार ३१ गते मंगलवार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क