Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0
राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चद्वारा एमसीसीको बिरोध
70
SHARES
ShareTweet

बुटवल, ३० जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न नागरिक समाजले माग गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै नागरिक समाजका अगुवाहरुले यसको बिरोध गर्दै आएका छन् ।
संसदबाटै एमसीसी खारेजको माग गर्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चले शुक्रबार बुटवलमा बिरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनाको बिरोधका लागि नागरिक मञ्चले आयोजना गरेको उक्त बिरोध कार्यक्रममा नागरिक अगुवा र विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले एमसीसी खारेज नभए देशको स्वाधिनतामाथि आंच आउने बताउनु भयो । एमसीसी सम्झौता राष्ट्रिय हित विपरित भएको उहांको तर्क छ ।
पूर्व सभासद् विनोद पहाडीले संसदबाटै एमसीसी परियोजना खारेज गर्नुपर्ने बताउंदै संसदबाट एमसीसी पास गराए सरकार समस्यामा पर्ने दावी गर्नुभयो । उहांले देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक र सांस्कृतिक परिवर्तन नहुंदा संविधानले निषेध गरेको जातीय छुवाछुत कायम रहेको बताउनु भयो ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य पे्रम सुवेदीले एमसीसी सम्झौताले राष्ट्रियता संकटमा पर्ने बताउंदै यसले असंलग्न परराष्ट्रनीति पनि खारेज गर्ने बताउनु भयो । पूर्व प्रहरी उपरिक्षक जगतबहादुर विष्टले एमसीसीबाट राष्ट्रघात हुन सक्ने भएकाले यसका बिरुद्व जनमत तयार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय उद्यमी विश्वराज गैह्रेले सरकारको गलत नीति र व्यवहारका कारण नेपालको इतिहांस मेटिने अवस्थामा पुगेकाले राष्ट्र, राष्ट्रियताका लागि राष्ट्रवादी शक्तिबीच एकता आवश्यक रहेकोमा जोड दिनुभयो । उहांले एमसीसी भित्राएर नेपालको अस्तित्व संकटमा पार्न लागिएकाले खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।
राष्ट्रिय जागरण परिषद् नेपाल रुपन्देहीका अध्यक्ष चित्रबहादुर थापाले कम्युनिष्ट नामको सरकारले इतिहांसमा आजसम्मका सरकारहरुले भन्दा धेरै नराम्रा र राष्ट्रघाती काम गरेको आरोप लगाउनु भयो । युवा अभियन्ता विनोद खनालले कूनैपनि हालतमा एमसीसी सम्झौता पास हुन नदिनका लागि राष्ट्रवादी शक्ति सचेत हुनुपर्नेमा जोड दिनुभयो । नागरिक समाजका अगुवा तथा लेखक विनबहादुर कुंवरले राष्ट्रियताको मुद्दामा ओली सरकार कमजोर सावित भएको टिप्पणी गर्नुभयो । अधिवक्ता ज्ञानु केसीले एमसीसी खारेजीका लागि सरकारका बिरुद्व एकतावद्व रुपमा आन्दोलन उठान गर्नुको विकल्प नभएको बताउनु भयो । एमसीसी ल्याएर सरकारले नेपाली जनताको नाममा राजनीतिक व्यापार गर्न लागेको बताउंदै सरकारले एमसीसी पास गराए इतिहांसमा ओली सरकार कलंक बन्ने बताउनुभयो ।

≪ Previous Post

मासिक १ सय शुल्क घटाउने सहमतिपछि राममणिको ताला खुल्यो

Next Post ≫

नेपाली काँग्रेस रुपन्देहीले सरकारको ध्यानाकर्षण गराउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क