Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0
वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन
100
SHARES
ShareTweet


बुटवल ३० जेठ
कोरोना माहामारीका बीचमा शुक्रवार प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा युवाहरुले वृहत रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन संगै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडी पनि प्रदर्शनी गर्ने कार्यक्रम रहेकोमा त्यसलाई रोक्न सुरक्षाकर्मीको वाक्लो उपस्थिती र घेराबन्दी गरिएको थियो ।
महामारीको रुपमा रहेको कोभिड–१९ को रोकथाममा सरकार संवेदनशिल नभएको, क्वारेन्टाइन, आइसोलेशन मापदण्ड अनुसार नभएको र शंकास्पद बिरामीलाई पिसीआर टेस्ट गर्नुपर्ने, कोरोना नियन्त्रणमा करिब १० अर्ब खर्च भनिएकोमा हिसाब सार्वजनिक गर्नुपर्ने लगाएतका माग राख्दै सरकार विरुद्ध नारावाजी सहित शान्तिपुर्ण रुपमा प्रदर्शन गरिएको थियो ।
फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट ,बुटवल’ भन्ने नारासहित विरोध प्रदर्शन गरिएको थियो ।
समाजिक सञ्जाल फेसबुकमा फिजिकल डिस्टान्स्ड, पिसफुल प्रोटेस्ट, बुटवल नामको ग्रुप बनाएर सडकमा उत्रेका हुन् ।


कोरोना परीक्षणको आरडिटि विधि विश्वसनीय नभएकाले शतप्रतिशत पिसीआर विधिबाट कोरोनाको परीक्षण गर्न, जातीय विभेद अन्त्य गर्न, गुणस्तरीय क्वारेन्टाइनको ब्यवस्था गर्नुपर्ने , लगाएतका विभिन्न प्लेकार्ड सहित उनीहरुले बुटवलको ट्राफिकचोक पुष्पलाल पार्क,अस्पताल लाइन , नयाँबसपार्क जेसीसचोक लगाएतका क्षेत्रमा हजारौको संख्यामा सडकमा उत्रिएका युवा युवतीहरुले शान्ति पुर्ण रुपमा विरोध प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनलार्ई अनुशासित र सभ्य भव्य बनाउन बुटवल र भैरहवामा प्रशिक्षण समेत दिईएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘पिस प्रोटेस्ट अगेन्स्ट गर्भनमेण्ट स्टेट फाइभ ’ अर्थात् प्रदेश ५ सरकार विरुद्ध शान्तिपूर्ण आन्दोलन’ नामको समूह बनाई स्वतःस्फूर्त रुपमा सहभागि हुनउक्त ग्रुपले आह्वान गरेका थिए ।
सडक भरी सुरक्षाकर्मीतैनाथ गरिएको थियो भने प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख धर्मनाथ यादव, कानुनमन्त्रालय रहेको क्षेत्रलाई पुरै सुरक्षाकर्मीको घेरावन्दीमा राखिएको थियो ।

फोटो फिचर

फोटो यमलाल भुसाल

≪ Previous Post

प्रदेश ५ सरकारद्धारा आइसोलेशन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि नयाँ मापदण्ड पारित

Next Post ≫

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क