Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0
कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बन्ने
70
SHARES
ShareTweet


भैरहवा ३० जेठ
रोहिणी गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को लागी योजना तर्जुमा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
आगामी आर्थिक बर्षमा गाउँपालिकाको प्राथमिकता निर्धारिण कसरी गर्ने बिषयमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिलाइ अभिमुखीकरण प्रदान गरिएको छ । कार्यक्रममा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बजेट तर्जुमा गर्न सहभागीहरुले सुझाव दिए । बैठकले आगामी आर्थिक बर्षमा पूर्वाधार बिकासको साथै कोभिड–१९ लाई प्राथमिकतामा राखी रोहिणीको बजेट बनाउने निर्णय गरेको गाउँपालिकाा प्रवक्ता सरोज कुमार पाण्डेले जानकारी दिनु भयो ।
कोभिड संक्रमणको ब्यपकताले श्रृजना हुन सक्ने परिस्थितिको आकलन गरि हाल स्थानिय तहको सम्पादन गरि रहेको क्वारेन्टाईन ब्यवस्थापन, राहत वितरण, सचेतना कार्यक्रम, सुचना तथा तथ्यांक संकलन तथा सम्प्रेषण जस्ता कार्यहरुको लागी आवश्यकता पहिचान गरि आगामी बर्षको बजेटमा प्राथमिकताका साथ समावेश गर्ने तयारी रहेको पाण्डेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले बिषयम परिस्थितिमा पनि संघिय सरकारले नेपालीलाई दुःख दिएको गुनासो गरे । उनले तेश्रो मुलुकबाट आउने नेपालीहरुबाट सरकारले चर्को हवाईभाडा र होटल खर्च असुल गरि रहेको बताउदै यसको लागी पनि स्थानिय सरकार तयारी अवश्थामा रहन् आग्रह गर्नु भयो । अब बजेट बनाउदा अलपत्र परेका यस्ता गाउँपालिकावासीलाइ ध्यानमा राख्दै बजेट बनाउनु पर्ने उहाँले बताउनु भयो ।
यसको साथै आर्थिक रुपले विपन्न र बिदेशबाट फर्किएका नेपालीहरुलाई रोजगारी उपलब्ध गराउने गरि श्रममुलक प्रविधिको प्रयोग गरि कार्यान्वयन हुने आयोजनाहरु छनौटलाई प्राथमिकतामा राख्न उनले वडा अध्यक्षहरुलाई आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले चालु आर्थिक बर्षको योजनाहरुलाई प्राथमिकतामा राखी अन्य बजेट बनाउने बताउनु भयो । असार सुरु हुनै लाग्दा धेरै उपभोक्ताहरु योजनालाई लिएर चिन्तित भएकोले यस बिषयमा कुनै चिन्ता नलिन न्यौपानेले आग्रह समेत गर्नु भयो् । अब योजनाको काम गर्न प्राविधिक रुपमा कठिनाई हुने हुदा सम्झौता भएका केही योजना बाहेक अन्य सबै काम अर्को आर्थिक बर्षमा गरिने उहाँले बताउनु भयो ।
रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण योजना शाखाका प्रमुख राजकुमार मिश्रले गर्नु भयो ।

≪ Previous Post

वाक्लो सुरक्षा घेराका बीच बुटवलमा सरकार विरुद्ध युवाहरुको शान्तिपुर्ण प्रदर्शन

Next Post ≫

अन्तर जातीय प्रेम नै चौरजहारी घटना: अधिकारकर्मी तथा सञ्चारकर्मीको प्रतिवेदन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क