Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०७७ · 0
युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण
80
SHARES
ShareTweet



बुटवल ३० जेठ
नेपाल प्रेस युनियन केन्द्रीय सल्लाहकार तथा पुर्व महासचिव शिव लम्साल लगायतको एक टोलीले रुपन्देही शाखालाई स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट प्रदान गर्नुभएकोे छ । लम्साल संगै प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग सदस्य रोजी पराजुली, प्रेस युनियन काठमाण्डौका पूर्व सभापती नकुल अर्याल लगायतको टोली बुटवल आएर माक्स, सेनेटाईजर तथा ३१ थान प्रेस ज्याकेट हस्तान्तरण गरेको हो ।
प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै लम्सालले संकटको समयमा अग्रपंतिमा रहने पत्रकारहरु पनि पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दै जान थालेपछि थप जोखिममा रहेको अवस्थामा उनिहरुको स्वास्थ्य सुरक्षा र पेशागत सुरक्षालाई समेत ध्यानमा राखेर ज्याकेट र स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो ।
उहाँले कोरोनाको जोखिम दिनप्रति दिनबढ्दै जान थालेकाले सावधानीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
युनियन रुपन्देहीका सभापती रेखा भुसालले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट बच्न नेपाल अहिले बन्दाबन्दीको अवस्थामा छ । सभापती भुसालले जोखिम बढ्दै जानथालेपछि नागरिकलाई सुचना दिनका लागि आफ्नो स्वास्थ्यलाई प्रवाह नगरी स्थलगत रिपोर्टिङमा खटिएका जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारलाई छनौट गरी अत्यावश्यक स्वास्थ्य सामाग्री सहित प्रेस ज्याकेट प्रदान गरिने बताउनु भयो ।
प्रेस युनियनका पुर्व केन्द्रीय उपसभापती तथा प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालले पत्रकारहरु आम जनतालाई सूचना दिने प्रमुख माध्यम भएकाले विगतदेखिनै संकटका बेला अग्रपंक्तिमा रहने पत्रकार सुरक्षित रहेमात्र आम नागरिकले सहि सूचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो । साथै यस्तो अवस्थामा लम्साल सहितको टोलीले बुटवल आएर प्रेस युनियन रुपन्देहीलाई प्रेस ज्याकेट तथा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनु भयो ।

≪ Previous Post

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

Next Post ≫

प्रदेश ५ सरकारद्धारा आइसोलेशन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि नयाँ मापदण्ड पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क