Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
रोहिणी गाउँपालिकाद्वारा लिखित रुपमा योजना माग्न वडालाई आह्वान
80
SHARES
ShareTweet


भैरहवा २९ जेठ
रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना तर्जुमाको लागी योजनाहरु माग गरेको छ ।
गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले कोरोना महामारीको बिषम परिस्थितिमा वडा भेला गराई योजना माग गर्न जोखिम रहेको जनाउदै सरोकारवालालाई वडा कार्यालय मार्फत लिखित रुपमा योजना माग गरेको छ ।
रोहिणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि प्राथमिकता क्रम अनुसार वडा स्तरिय, गाउँपालिका स्तरिय, प्रदेश सभामा माग गर्ने र संघमा माग गर्ने केहो सो स्पष्ट रुपमा खुलाई आउदो असार ३ गते भित्र योजना माग गर्न आग्रह गरेको छ ।
यस अघि सम्म वडा कार्यालयहरु मार्फत वडामा भेला गराई छलफल गरेर योजनाहरु माग भई आए पनि अहिलेको अवस्थामा स्वास्थ्य सम्बन्धि जोखिम रहेको कारण भेला गराउन सम्भव नभएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो ।
भेला गर्न नसके पनि गाउँ टोलका आवश्यकताहरु ओझेलमा नपरुन भनेर सार्वजनिक रुपमा योजना माग गरिएको उहाँले बताउनु भयो । “स्थानियहरुलाई आगामी आर्थिक बर्षको लागी आवश्यक योजनाहरु वडा कार्यालय मार्फत ल्याए त्यसको कार्यान्वयनमा आवश्यक बजेट बिनियोजन गरिनेछ । अध्यक्ष यादवले भन्नु भयो ।
चालु आर्थिक बर्षमा लकडाउन र कोरोनाको त्रासका कारण सम्पन्न हुन नसकेका योजनाहरुलाई पनि आगामी बर्षमा निरन्तरता दिईने गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । असार सुरु हुनै लाग्दा धेरै उपभोक्ताहरु योजनालाई लिएर चिन्तित भएकोले यस बिषयमा कुनै चिन्ता नलिन यादवले आग्रह समेत गर्नु भएको छ । अब योजनाको काम गर्न प्राविधिक रुपमा कठिनाई हुने हुदाँ सम्झौता भएका केही योजना बाहेक अन्य सबै काम अर्को आर्थिक बर्षमा गरिने उहाँले बताउनु भयो ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले प्रक्रिया पु¥याएर मात्र योजना माग गर्न आग्रह गर्नु भएको छ । उहाँले योजना छनौट गर्दा अति आवश्यक योजना प्राथमिकिकरण गरि सम्बन्धित वडा कार्यालयमा लिखित माग गर्नु पर्ने बताउनु भएको छ । वडा कार्यालयमा पेश भएका योजनाहरु गाउँपालिकामा ल्याएर कार्यपालिकाको बैठकबाट अनुमोदन गराए पश्चात मात्र बजेटको ब्यवस्था हुने प्रशासकिय अधिकृत न्यौपानेले बताउनु भयो ।

≪ Previous Post

ट्याक्टर पल्टिदा १ र डुवेर १ गरि रुपन्देहीमा २ जनाको ज्यान गयो

Next Post ≫

युनियन रुपन्देहीलाई प्रेस ज्याकेट र स्वास्थ्य सामग्री हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क