Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा दुई हजारलाई कोरोना उपयोगी औषधी बितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा दुई हजारलाई कोरोना उपयोगी औषधी बितरण

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७७ · 0
बुटवलमा दुई हजारलाई कोरोना उपयोगी औषधी बितरण
70
SHARES
ShareTweet

बुटवल, २९ गते । कोभिड १९ (कोरना भाइरस) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी बुटवलमा पनि बितरण शुरु गरिएको छ । यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधीलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ ।
बुधबार बेलुका बुटवलको कालिकानगरबाट कालिका कल्याणकारी समाजले औषधी निःशुल्क बितरण शुरु गरेको हो । पहिलो चरणमा कालिकानगर क्षेत्रका दुई हजार मानिसलाई औषधि बितरण गरिएको समाजका सचिव दिनेश कुमार कुँवरले जानकारी दिनुभयो । कुँवरका अनुसार बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको प्रायोजनमा औषधि निःशुल्क बितरण गरिएको हो ।
औषधि वितरण कार्यक्रममा बोल्दै कालिका कल्याणकारी समाजका अध्यक्ष एवं ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिका संचालक माधव थापाले प्रदेश नं. ५ का करिव एक लाख मानिसलाई यो औषधि निःशुल्क वितरण गरेर सहयोग गर्ने उद्देश्य आफूहरुले लिएको बताउनु भयो । कोरोना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने र यसले रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत लाग्न नदिन औषधिले काम गर्ने विश्वास गरिएको छ ।
यो औषधि खासगरी भारतमा उत्पादन हुने गरेको र नेपालमा पनि होमियोप्याथिक अस्पतालहरुले भारतबाट कच्चापद्धार्थ ल्याई उत्पादन गर्ने गरेको पाइन्छ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् । सन्. १९१८ मा भएको स्पेनी फ्लुमा पनि यस्तै प्रकारको होमियोप्याथिक औषधि विभिन्न देशमा खुवाइएको थियो । त्यतिबेला यो औषधि सेवन गर्नेमध्ये जम्मा एक प्रतिशत मानिसमात्र उक्त फ्लुबाट मरेका बताइन्छ ।
यसैबीच उक्त औषधि लिन चाहने क्रियाशील पत्रकारहरुको लागि नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ समितिले बितरण गर्ने भएको छ । ओम कालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा महासंघले आफ्ना सदस्यहरु तथा अन्य इच्छुक पत्रकारहरुलाई निःशुल्क औषधी बितरण गर्ने महासंघ प्रदेश ५ समिति महासचिव कपिल ज्ञवालीले बताउनु भयो । यो औषधीमा कोरोना लगायतका अन्य रोग लाग्न नदिने रोग प्रतिरोधात्मक क्षमता बढाउने क्षमता रहेको चिकित्सकहरुले दाबी गरेका छन् । यो औषधी देशका विभिन्न ठाउँमा मारवाडी सेवा समितिले बितरण गरिरहेको छ ।

≪ Previous Post

लकडाउन खुकुलो : पसल खुल्ने, सवारी जोर विजोरका आधारमा चल्ने

Next Post ≫

उच्च रक्तचाप भएकी सुत्केरी महिलाको सेनाद्धारा उद्धार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क