काठमाडौं, २८ जेठ । सरकारले मुलुकमा जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाई सबै पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सामाजिक तथा भौतिक दुरी र सुरक्षा मापदण्ड पालना गरेर पसल खोल्न दिने निर्णय गरेको हो ।
यस्तै निजी सवारी साधन पनि जोर–बिजोर नियमका आधारमा सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । एक मन्त्रिका अनुसार विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । लकडाउनलाई के कसरी खुकुलो वनाउने भन्ने विस्तृत जानकारी सरकारले भोली बिहिबार सार्वजनिक गर्ने बताइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमवाट वच्न र संक्रमण फैलिन नदिन भन्दै सरकारले गएको चैत ११ गते देखि लकडाउन गरेको थियो । सरकारले पटक पटक लकडाउनको समय थप गरेको र यसलाई खुकुलो वनाउने योजना नल्याएको भन्दै देशभरका ब्यवसायीहरुले स्तस्फुर्त रुपमा पसल खोल्न थाले पछि सरकारले लकडाउनलाई खुकुलो वनाउने निर्णय गरेको हो ।
