Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा स्वास्थ्य सतर्कता अपनाउदै विकास निर्माणका काम सुचारु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा स्वास्थ्य सतर्कता अपनाउदै विकास निर्माणका काम सुचारु

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0
बुटवलमा स्वास्थ्य सतर्कता अपनाउदै विकास निर्माणका काम सुचारु
80
SHARES
ShareTweet

कालिका पथमा नाली र कल्भर्ट निर्माण तीब्र

बुटवल, २८ जेठ । लकडाउनको सदुपयोग गर्दै बुटवल उपमहानगरपालिकाले विभिन्न विकासे योजनाका कामलाई अगाडि बढाएको छ । लकडाउनका कारण अन्यत्र काम रोकिएका बेला बुटवल उपमहानगरले स्वास्थ्य सुरक्षाको प्रवन्ध र सामाजिक दुरि कायम राख्दै योजनाका काम अगाडि बढाएको हो ।
कोरोना संक्रमण रोक्न तथा यसको न्युनिकरणका लागि गरिएको लकडाउन र यसका लागि अपनाउनु पर्ने आवश्यक स्वास्थ्य सतर्कता संगै स्वास्थ्यकर्मी तथा प्राविधिकसहितको टोलीको निगरानी गरेर सुरक्षा बन्दोबस्ती भए नभएको यकिन गर्दै निर्माणका काम सुचारु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । उहाँले निर्माणमा संलग्न निर्माण कम्पनी तथा उपभोक्ता समितिलाई मजदुरको स्वास्थ्य परीक्षण गर्न लगाइएको पनि बताउनुभयो ।
सञ्चालनमा रहेका यस्ता कामको प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य तथा सम्बन्धित वडाअध्यक्ष र विषयगत प्राविधिकहरुले नियमित अनुगमन गरेका छन् भने योजना सञ्चालनमा रहेका ठाउँमा समुदायलाई पनि निगरानीमा खट्न आग्रह गरिएको छ ।
यी बाहेक वडा नं. ११ र १३ मा वडा कार्यालय भवन, वडा नं. २ मा नाली निर्माण, स–साना पुल र विद्यालयका भवन निर्माणका कामलाई सुरक्षा उपायसहित सुरु गरिएको छ । बुटवलको सिमसार क्षेत्र कपरकट्टी बैठौलिया तालमा पनि दैनिक ज्यालादारीमा मजदुरले सुरक्षाप्रवन्ध सहित काम गरिरहेका छन् । यहाँ करिब डेढ करोड बराबरको काम भइरहेको उपमहानगरका प्रवक्ता तथा सो ताल रहेको वडा नं.१६ का अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी गराउनु भयो ।


यस्तै बुटवलको अर्को आन्तरिक वाइपासको मैत्रीपथको विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । यहाँ करिब तीन करोड बराबरको काम भइरहेको वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले बताउनुभयो । यस्तै श्रवणपथ सडकमा पनि विस्तार र स्तरोन्नतिको काम भइरहेको छ । यसैगरी करिव ७० लाखको लागतमा उजिरसिंह र नरसिंह टोल जोड्ने पुल निर्माणको काम चलिरहेको छ भने सोही क्षेत्रमा नाली निर्माणको काम समेत भइरहेको वडा नं. २ का अध्यक्ष रमेश नेपालले बताउनुभयो ।
वडा नं ४ मा रहेको सुखौरा खोलामा बनिरहेको पुलले आदर्शनगर र थकाली समाजलाई जोड्ने छ । आवश्यक सुरक्षा प्रवन्ध सहित पुल निर्माण कार्य चलिरहेको वडा नं. ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले बताउनुभयो ।
वडा नं. ९ का अध्यक्ष विष्णुबहादुर थापाका अनुसार कालिकापथ संगै लुम्बिनी बस टर्मिनल पछाडिको नाली निर्माणको काम भइरहेको छ । यस्तै बुटवलको मोतिपुरमा निर्माण हुने थारु संग्रहालय निर्माणका लागि टेण्डरलगायतका प्रक्रिया पूरा भएका छन् ।

कालिका पथमा नाली र कलभर्ट निर्माण गरिदै

लकडाउन संगै रोकिएको बुटवलको गौरवको आयोजनाका रुपमा रहेको कालिकापथ आन्तरिक वाइपास सडकको निर्माण कार्य पनि अगाडि बढाइएको छ । बुटवलको वडा नं. ६ को कृषि उपज केन्द्र परिसरदेखि वडा नं. ९ र ११ को योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना मार्ग बनाउने गरि उपमहानगरपालिकाले काम सुरु गरेको थियो ।
सडक क्षेत्राधिकारमा (राइट अफ वे)परेका संरचना हटाउने, नाली निर्माण गर्ने र कल्भर्ट निर्माणका काम अगाडि बढेका छन् । अहिले कालिका पथमा बुटवल उपमहानगरपालिकाले विनियोजन गरे मध्येको करिब दश करोड बराबरको काम भइरहेको छ ।
मुलुककै प्रमुख व्यापारिक केन्द्र र प्रदेशको अस्थायी मुकाम समेत बुटवलमै भएका कारणले मुख्य सडकहरुमा प्राय ट्राफिक जाम हुने गरेकाले यस्ता सडक निर्माण तथा स्तरोन्नती संगै ट्राफिक जामको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ । कालिकापथ ८२ फुटको निर्माण भइरहेकाले पनि यसलाई बुटवल हाइवेका रुपमा लिइएको र समुदायको समेत प्रत्यक्ष निगरानी रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीसहितका जनप्रतिनिधि र राजनीतिक दलहरुले विकास निर्माणका कामको अनुगमन गरिरहेका छन् ।
बुटवलको नमुना सडक बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै बनाएर काम भइरहेको छ । अघिल्लो आवमै बनाएको डिपिआरअनुसार झण्डै एक अर्ब लागत लाग्ने छ भने अबको एक वर्षमा सम्पन्न हुने अनुमान गरिएको थियो । डीपीआर बनाएसंगै प्रदेश सरकार र संघीय सरकारसंग सहकार्यको आग्रह गरिएको उपमहानगरले बताएको छ ।
उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार वाइपास सडकहरुलाई बुटवलको चक्रपथसँग जोड्नेगरी काम भइरहेको छ । बुटवलले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटरको चक्रपथ निर्माण गरिरहेको छ ।
एक चरणमा काम गरिरहेको बबुल निर्माण कम्पनीले अहिले दैनिक १२ जना मजदुरलाई सुरक्षा प्रवन्धसहित काममा लगाएको छ । आवश्यकता अनुसार पालो बाँडेर प्राविधिक र मजदुरलाई पनि काममा खटाइने निर्माण कम्पनीका सञ्चालक किरण कार्कीले बताउनुभयो । उहाँले नगर प्रमुख सुवेदीको निर्देशन बमोजिम मजदुरहरुको स्वास्थ्य परीक्षणसंगै सामाजिक दुरि कायम गर्दै सुरक्षा प्रवन्धको व्यवस्था मिलाएर मात्रै काममा लगाइएको बताउनुभयो ।
लकडाउनसंगै रोकिएको सो सडकमा नाली निर्माणको कामलाई सुचारु गरिएको र अबको केही दिनमा नाली निर्माणको काम पूरा भएपछि कल्भर्टलगायतका काम सुरु हुने बताइएको छ । अहिले नाली निर्माण गर्ने र फूटपाथ बनाउने काम भइरहेको छ । पहिलो चरणमा नाली र फूटपाथ निर्माण सक्ने र लगत्तै पिचको काम सुरु हुने उपमहानगरले जनाएको छ । विसं. ०५४ सालमा कालिका पथलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको सो सडक निर्माणमा सुरुमा सडक क्षेत्राधिकार (राइट अफ वे) मा परेका संरचना र विद्यतुका पोल हटाउन ढिलाई भएको थियो । अहिले यी सबै समस्या समाधान भएका छन् ।

≪ Previous Post

रुपन्देहीको कञ्चनमा आफ्नै बुवाले बञ्चरो प्रहार गरी छोराको हत्या

Next Post ≫

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क