बुटवल २८ जेठ,
पाँच जनाको सामुहिक हत्या भएको २४ घण्टा वित्न नपाउदै रुपन्देहीमा आफनै बुवाले छोरालाई हत्या गरेका छन ।
रुपन्देहीको कञ्चनमा आफ्नै बुवाले छोरालाई बञ्चरो प्रहार गरि हत्या भएकोछ।
आज राती करिब १ बजेको समयमा रुपन्देही कञ्चन गाउपालिका वार्ड नं।१ स्थित कुचेरामा आफ्नै १५ बर्षिय छोरालाई बञ्चरो प्रहार गरि हत्या भएको हो।
अन्दाजी १५ बर्षिय सुदीप कुमाललाई अन्दाजी ४९ बर्षिय रिम बहादुर कुमालले जांड रक्सी खाई सामान्य घरझगडामा बञ्चरो प्रहार गर्दा सुदिपको टाउकोमा लागि सख्त घाइते बनाए पछि स्थानियहरुले उपचारको लागि प्रदेशिक अस्पताल बुटवलमा पठाउदै गर्दा बाटो मृत्यु भएको कञ्चन गाउपालिका वार्ड नं।१ का वडा अध्यक्ष हरिनारायण थारुले जानकारी दिनु भएको छ।
बञ्चरो प्रहार गर्ने रिम बहादुर कुमाललाई ईलाका प्रहरी कार्यालय,सालझण्डीले नियन्त्रणमा लिएको छ।बञ्चरो प्रहारबाट सुदिप कुमालको घटना स्थलमा दात खसेको छ भने आफन्त तथा सुदिपका दाईले आवस्यक कारर्बाहीका लागि ईलाका प्रहरी कार्यालय सालझण्डीमा जाहेरी दिन गएकोे वडा अध्यक्ष थारुले जानकारी दिनु भएको छ।