बुटवल, २७ जेठ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार स्थित मैनहवामा सोमबार राती स्थानीय कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा कार्यरत पाँच जनमा कामदारको विभत्स हत्या भएको घटना प्रति नेपाली काँग्रेसका संघीय सांसद बालकृष्ण खाँणले दुःख ब्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद खाँणले विज्ञप्ति जारी गरेर कोरोनाको महामारीबाट देशबासी आक्रान्त भईरहेको अवस्थामा यस प्रकारका अपराधिक घटनाले आमनागरिकमा थप आतंक सृजना भएको उल्लेख गर्नुभएको छ ।
देशमा एक पछि अर्को सामूहिक हत्याहरु श्रृंखलाबद्ध रुपमा भईरहंदा आम नागरिकहरुले असुरक्षित महशुस गरिरहेका छन् भन्दै सांसद खाँणले वर्तममान सरकारले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उल्लेख गर्नुभएको छ ।
सांसद खाँणले विज्ञप्ति मार्फत आम नागरिकको सुरक्षाका साथै रुपन्देहीको कान्छिबजारमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाहीका लागि सम्वन्धित निकायसंग माग गर्नुभएको छ ।
सांसद खाँणले घटनामा ज्यान गुमाउने सबै ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजन प्रति समवेदना प्रकट गर्नुभएको छ ।
