Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा आईसोलेशन अस्पतालमा किवानिज क्लवको सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा आईसोलेशन अस्पतालमा किवानिज क्लवको सहयोग

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०७७ · 0
तिलोत्तमा आईसोलेशन अस्पतालमा किवानिज क्लवको सहयोग
60
SHARES
ShareTweet

बुटवल, २६ जेठ । सामाजिक क्षेत्रमा रचनात्मक र मानविय सेवाका क्षेत्रमा काम गर्र्दै आएको किवानिज क्लव अफ लुम्विनी भलवारी रुपन्देही पछिल्लो समय विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस(कोभिड–१९)को रोकथाम तथा न्युनिकरणका क्षेत्रमा क्रियाशिल भएको छ ।
कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि सरकारले मुलुकमा लकडाउन गरेको र आम नेपाली जनता घरमै बन्दावन्दी भएको र कोरोनाको त्रासमा रहेको अवस्थामा क्लवले स्वास्थ्यका क्षेत्रमा आफ्ना गतिविधि अगाडी बढाएको छ ।
आम नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोवल बढाउन र आफ्नो सेवा क्षेत्रमा थप क्रियाशिल वनाउन कोरोना संक्रमण क्षेत्रमा काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई क्लवले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
किवानिज क्लव अफ भलवारी रुपन्देहीले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने क्रममा सोमवार तिलोत्तमा नगरपालिकाले शँकरनगर स्वास्थ्य चौकीमा संचालन गरेको आइसोलेशन अस्पतालका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।


कोरोना भाईरसको संक्रमण फैलिन थालेपछि तिलोत्तमा नगरपालिकाले शँकरनगर स्वास्थ्य चौकीमा सञ्चालन गरेको आइसोेलेशन अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
क्लवले सोमबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । आइसोलेशन अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उद्वेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको क्लवका अध्यक्ष सुरज पंगेनीले जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन अपतालका लागि क्लवले २५ थान पिपिईसेट, ३० थान एन नाइन्टी फाइव मास्क र कोरोना संक्रमित विरामीको स्वाव संकलनका लागि भिटिएम मेशिन लगायतका सामाग्री क्लवका अध्यक्ष सुरज पंगेनी, सचिव अमन श्रेष्ठ, कोषाध्यक्ष मनोज आचार्य, गोविन्द भुसालसहित क्लवका पदाधिकारी र सदस्यहरुले नगर प्रमुख घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।


सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले कोरोना भाइरसबाट कोही पनि त्रसित नभई आत्मवल बढाई सामाजिक दुरी कायम गरेर सचेत बन्न सबैलाई आग्रह गर्नुभयो । सबै मिलेर मात्र कोरोना संक्रमणलाई जित्न सकिने भएकाले कोरोना संक्रमणको उपचारका लागि क्लवले गरेको सहयोगले स्वास्थ्य क्षेत्रमा थप राहत मिलेको बताउनु भयो ।
सो अवसरमा आईसोलेशन अस्पताल व्यवस्थापन समितिका संयोजक तथा तिलोत्तमा नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष दधिराम गौतम, आइसोेलेसन अस्पतालका इन्चार्ज केशव भट्टराईलगायतले बोल्दै सामाजिक क्षेत्रको सानो सहयोगले पनि अस्पताल सञ्चालनमा ठूलो सहयोग मिल्ने बताउंदै क्लवले गरेको सहयोगले स्वास्थ्यकर्मीहरुलाई सेवामा खट्न थप सहज हुने धारणा राख्नु भयो । उहांहरुले क्वललाई आगामी दिनमा पनि स्वास्थ्यका क्षेत्रमा सहयोग गर्न क्लवका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

ट्रक यातायात व्यवसायी प्रदेश नम्बर पाँचद्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मालवहाक सवारी साधनमा लगाईएको भ्याट हटाउन माग

Next Post ≫

रुपन्देहीको गाई फर्ममा बन्चरो प्रहारवाट १ महिला सहित ५ जनाको सामुहिक हत्या,मृतकको सनाखत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क