Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको वार्षिक नीति तथा कार्यक्रम पारित
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको वार्षिक नीति तथा कार्यक्रम पारित

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०७७ · 0
तिलोत्तमाको वार्षिक नीति तथा कार्यक्रम पारित
60
SHARES
ShareTweet

कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

तिलोत्तमा, जेठ २५ । तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको ७ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । नगर प्रमुखद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आइतबार बसेको नगरसभाको दोस्रो बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित गरेको हो ।
आइतबारको बैठकमा नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिएका थिए । साथै उनीहरुले छाडा कुकुर नियन्त्रण, सिंचाई, मल, बिऊको सन्दर्भमा किसानले भोगेका समस्या, कोरोना महामारीले व्यवसायीलाई पारेको प्रभावको सन्दर्भलाई समेत नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्ने बताएका थिए ।


बैठकमा नगरसभा सदस्यहरु भोमबहादुर बुढामगर, मानकाजी श्रेष्ठ, रमेश आचार्य, धन बहादुर खड्का, श्यामकुमारी गौतम, श्यामलाल क्षेत्री, पार्वती क्षेत्रीलगायतले आफ्ना सुझाव राख्नुभएको थियो । नगरसभा सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख घिमिरेले स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकाश योजना कार्यान्वयनमा केन्द्रीत रहेको उहाँको भनाइ छ ।


नगरभित्रका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाको प्रोत्साहन भत्ता १ हजार पुर्याउने, गर्भवती महिलालाई सुपानेट झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।


शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तिमा ५ वटा सामुदायिक विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो । नीति तथा कार्यक्रममा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ ।
सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलासय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलासय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने, “तिलोत्तमा लगानी सम्मेलन” मा जनाइएको प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० जना युवालाई ४ लाख सम्म सहुलियत ऋण दिने, सुधारिएको आरन पेशामा आवद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ । यस्तै नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तिमा १० विगाहा जमिन चक्लाबन्दी गरी व्यवसायिक खेती सुरु गर्ने महत्वाकांक्षी नीति लिएको छ ।

≪ Previous Post

स्वास्थ्य मन्त्रालयको प्रवक्तावाट देवकोटा हटायर गौतमलाई ल्याईयो

Next Post ≫

शँकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क