बुटवल २५ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ ।
उहाँको स्थानमा डा. जागेश्वर गौतमलाई ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ । गौतमलाई समन्वय महाशाखाको जिम्मेवारी सहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस्तै, डा. देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
