बुटवल, २५ जेठ
रुपन्देहीमा क्रियाशिल ६ वटा राजनीतिक दलहरुले मिलिनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताको खारेजी लगायत अन्य जनजिविकासंग सम्बन्धित विषयमा जनदवाव दिन भन्दै भोली सोमवार बुटवलमा विरोध सभाको आयोजना गर्ने भएका छन् ।
नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मोर्चा, नेपाल, नेकपा माओवादी केन्द्रसहितका दलहरुको बुटवलमा बसेको संयुक्त बैठकले एमसीसी पारित भएमा नेपालले अहिलेसम्म अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त भई नेपालमा अमेरिकी साम्राज्यवादको गतिविधि गर्ने स्थल बन्ने दावि गरेका छन । उनिहरुले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने भन्दै त्यसका विरुद्ध व्यापक संघर्षको आवश्यक्ता भएको बताएका छन । सोही अुनसार सोमवार बुटवल पुष्पलालपार्कमा विरोध कार्यक्रमको आयोजना गर्ने निणर्य गरेको बताईएको छ ।
बैठकले राष्ट्रघाती कदमका विरुद्ध ऐक्यवद्धताका साथ संघर्षमा उत्रिन सम्पूर्ण जनतालाई हार्दिक आव्हान गरेको छ ।
बैठकले भारतले नेपाली भूमीमा लगातार अतिक्रमण बढाइरहेको र लामो समयदेखि कालापानीमा सैनीक अखडा बनाएकोमा तत्तकाल सो हटाउन, जेठ १० गते रुकुमको चौरझारीमा घटेको सामुहिक हत्याकाण्डको कडा शब्दमा निन्दा गर्दै रुकुम घटनाको विरुद्ध भएका सबै न्यायपूर्ण अन्दोलनमा ऐक्यबद्धता जनाइएको छ ।
कोरोनाको रोकथाम र उपचार तथा विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारमा राज्यको गैह् जिम्मेवारीपन छताछुल्ल भएको हुदा सो तरिका तत्काल बन्द गरि कोरोना महामारी रोक्न र त्यसबाट पर्ने अन्य प्रतिकुल रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
बैठकमा नेकपा मसालका रुपन्देही प्रबक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेकपा मालेका गोपालमणी गौतम, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासीनी, देशभक्त जनतान्त्रीक मोर्चाका रामप्रसाद पोखरेल र नेपाल, नेकपा माओवादी केन्द्रका पोषराज खनालको सहभागिता रहेको थियो ।