बुटवल २५ जेठ
कपिलवस्तु जिल्लाो कारागारमा रहेक ाएक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।
शनिवार बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताउनुभयो । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन ।
कपिलवस्तु कारागारमा कर्तव्य ज्यान मुद्दाका कैदीको मृत्यु
संसारपोस्ट संवाददाता
·
२५ जेष्ठ २०७७
·
0